A+ A A-

समझदारी नभए मुलुक पुन द्धन्द्धमा जानेछ : नेम्वाङ

मोरङ, २६ असोजः

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले दलहरुबिचको असमझदारीकै कारण बिभिन्न

समस्याहरु देखीएको बताउँदै चाँडै समझदारी नभए मुलुक पुनः द्धन्द्धमा जाने बताएका छन् ।


मंगलबार बिराटनगर बिमानस्थलमा संचारकर्मीहरुसँगको कुराकानीमा सभामुख नेम्वाङले भने 

मुलुकलाई पुनः द्धन्द्धमा जान नदिन दलहरु बीच ठुलो समझदारी आवश्यक छ ।  समझदारी कायम

गर्नका निमित्त बिश्वासको वातावरण हुनुपर्छ भन्दै उनले विश्वास बढाउन दलहरुवीच छलफल

आवश्यक रहेको बताए ।


दलहरुवीचको सहमती कायम गर्नकै लागी आफुले सक्दो पहल गरिरहेको दावी गर्दै उनले

सहमतीको

प्रतिबद्धता गरेर त्यसकै अपब्याख्या गर्ने प्रबृत्ति बढ्दै गएको भन्दै दुखेसो पोखे ।

दलहरु बीचको सहमति बढाउन औपचारिक र अनौपचारिक पहल गरिरहेको छु उनले भने  तर

दलहरुले पटक पटक प्रतिबद्धता जनाएपनि दुई मिनेटमै त्यसको गलत ब्याख्या गर्ने क्रम बढ्दै

गएको छ ।
अहिलेसम्म सहमतीकै आधारमा प्रधानमन्त्रि चयन हुँदै आएको स्मरण गराउँदै सभामुख

नेम्वाङले त्यो सहमतीको परम्परालाई निरन्तरता दिन जोड दिए । दलहरु बीचको सहमतिकै

आधारमा गिरीजाप्रसाददेखि माधव नेपालसम्म प्रधानमन्त्री चयन भएका बताउदै उनले हाल

आएर तीनै दलहरुले १२ औं पटकसम्मपनि प्रधानमन्त्री चयन गर्न नसक्नुले सहमती कायम हुन

नसकेको स्पष्ट भएको तर्क गरे ।


संविधान निर्माणको बिवाद मिलाउन धेरै मेहनत गरेर भर्खरै बनाइएको कार्यदलका कारण

संविधान निर्माणमा राम्रो सफलता मिल्ने उनको बिश्वास ब्यक्त गरे ।
 

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर