A+ A A-

दशैसंगै बढ्यो दुर्घटना


धादिङ, चितवन र नवलपरासीमा आज बिहान र गएराती भएका छुट्टा छुट्टै  सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने  २०  जना घाइते भएका छन् । धादिङको गल्छीमा आज बिहान भएको बस दुर्घटनामा  १५ जना घाईते भएकोमा  ५ जनाको अवस्था गम्भिर छ । बस राजमार्गबाट ५० मिटर तल खसेको थियो । घाइतेहरुको अहिले स्थानीय अस्पतालमा उपचार भईरहको प्रहरीले जनाएको छ ।
यस्तै सप्तरीको कठौनामा ट्रकको ठक्कर बाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ बर्षिय बालक सुरज शाह रहेका छन । घटनाको बिरोधमा स्थानीय बासिन्दाले अहिले पुर्व पश्चिम राजमार्ग अबरुद्ध गरेकाछन् ।
उता पुर्वी चितवनमा गएराती गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको थियो । भण्डाराको मार्तल पुुलमा घाइते अवस्थामा भेटिएका अन्दाजी ३५÷४० बर्षका पुरुषको उपाचारका लागि भरतपुर लैजादै गर्दा बाटोमा नै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

यसैगरी नवलपरासीको दुम्कीवासमा गएराती  भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको  छ । काठमाण्डौं बाट दाड्ड तर्फ जादै गरेकोे बा १९ प ७८०७ नंवरको मोटरसाइकल सडकमा रोकिराखेको ना २ ख ७६१२ नम्वरको ट्रकमा ठोक्किदा दाड्डका सन्दिप न्यौपानेको मृत्यु भयोे । मोटरसाइकलमा दुई जन ा सवार थिए । ति दुबै दशैं मनाउन घर फर्कदैथिए ।

त्यसै गरि चितवनको भरतपुर ९ मुनाल चोकमा टेम्पु पल्टदा ३ जना घाइते भएका छन् । घाइते सवैको पुरानो मेडिकल कलेजमा उपचार भैरहेकको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर