A+ A A-

किर्ते हस्ताक्षर प्रति गम्भीर आपत्ति!

 काठमाण्डौ । राम मगर (नरबहादुर जर्घा) नेतृत्वको ‘मगरात संघर्ष समिति’को विषयमा ‘ मगरात संयुक्त संघर्ष समिति’को तर्फ़ बाट भाद्र २३ गते जारी गरिएको संयुक्त विज्ञप्तिमा मगर महासंघ, नेपालको नाम र प्रतिनिधिको रुपमा डिके सूर्यवंशी मगरको किर्ते हस्ताक्षर प्रयोग ग़रिएको बारे महासंघका अध्यक्ष छत्र दर्लामी मगरले गम्भीर आपत्ति प्रकट गरी सो बारे मगरात संयुक्त संघर्ष समिति संयोजक बम दर्लामी संग स्पष्टीकरण माग गरेपछि विज्ञप्तिमा किर्ते हस्ताक्षर प्रयोग गरेका बम दर्लामी नैतिक संकटमा परेका छन।

महासंघ अध्यक्ष छत्र दर्लामीले मगर महासंघ, मगरातको विषयमा गम्भीर रहेको र यसबारे बृहत् छलफल, तयारी र कार्ययोजना सहित अघि बढनू पर्नेमा हचुवा अनि झारा टराई शैलीमा संघर्ष समिति बनाईएको प्रक्रिया प्रति समेत असहमति रहेको बताएका छन। साथै, जनता समाजबादी पार्टीमा कुनै हैसियत नै नभएका व्यक्ति बम दर्लामीलाई सो पार्टीको प्रतिनिधिको रुपमा स्वीकार ग़रि ‘मगरात संयुक्त संघर्ष समिति’ को नेतृत्व (संयोजक) दिईनु त झनै अविस्वनिय र हास्यास्पद निर्णय भएको र आफुहरूले त्यस्तो नेतृत्व नस्विकार्ने बताएका छन। बहुमतको सरकार चलाएको नेकपा को मगर भात्रि संगठनले सबैभंदा पहिले आफनै पार्टी नेतृत्वलाई मगरातको एजेण्डामा दवाब दिने कार्यक्रम ल्याऊन पनि उहाँले माग गर्नु भएको छ।


मगरको हक़ अधिकार र प्रगतिको लाग़ि आफुहरू अरु संघ संस्थाहरू संग सहकार्य गरेर अगाड़ि बढन तयार रहेको तर दीर्घकालीन सोच, तैयारी र कार्यनीति बिनाको ज़ुनसुकै मंच वा समितिमा मगर महासंघ, नेपाल हचुवा तरिकाले सहभागी वा आबद्ध नहूने पनि महासंघका केन्द्रीय अध्यक्ष छत्र दर्लामीले बताएका छन। उनले ‘संयुक्त मगर मंच’को पनि अबधारणॉ कार्यनीति,कार्यबिधि र नेतृत्वबारे बृहत् छलफल हुनुपर्ने आफुहरूको माग रहेको पनि पुन: सम्बन्धित संघ संस्थाका नेतृत्वकर्ताहरूलाई स्मरण गराएको बताएका छन। उनले आज भाद्र २४ गते बूटवल स्थित महासंघको सम्पर्क कार्यालयमा सचिवालय स्तरमा छलफल ग़रि आऊने साता केन्द्रीय पदाधिकारी बैठक बस्ने निर्णय ग़रिएको पनि जानकारी दिएका छन।

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६