A+ A A-

असोज ५ देखि लामो दुरीका यातायात र आन्तरिक हवाई उडान हुने

No description available.

काठमाण्डौं, भदौं २९

असोज ५ देखि लामो दुरीका यातायात र आन्तरिक हवाई उडान हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो दुरीका यातायात र आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने समेत निर्णय गरेको छ । राष्ट्रिय सभामा रिक्त रहेको एक सदस्यको पदमा नेकपा उपाध्यक्ष गौतमको नाम सिफारिस गर्ने बैठकले निर्णय गरेको हो । सअघि गौतमलाई नेकपाले राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न सरकारलाई सिफारिस गरेको थियो । राष्ट्रपतिले सरकारको सिफारिस अनुमोदन गरेपछि गौतम राष्ट्रिय सभा सदस्य बन्नु हुनेछ ।

 

 

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६