A+ A A-

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय १४ पुग्यो

काठमाण्डौं, भाद्र २

नेपालमा कोरोना संक्रमण बाट ज्यान गुमाउनेको संख्या १ सय १४ पुगेको छ । पछिल्लो  २४ घण्टामा कोरोना सङ्क्रमणबाट सात जनाको ज्यान गएपछि संक्रमितको संख्या थपिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २८ हजार दुई सय ५७ पुगेको छ ।

मन्त्रालयका अनुसार १३ हजार चार सय ६१ जनाको पीसीआर परीक्षण गरिएकोमा एक हजार १६ जनामा सङ्क्रमण पुष्टि भएको हो । संक्रमित मध्ये १७ हजार पाँच सय ८० जना उपचार पछि निको भएर घर फर्किएका छन् । अहिले देशका विभिन्न ठाउँको आइसोलेशनमा १० हजार पाँच सय ६३ जना र क्वरेण्टीनमा १३ हजार नौ सय २६ जना रहेका छन् ।

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६