A+ A A-

थेराबादि भिक्षु आले मगर बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा बिकास समिति सदस्यमा नियुक्त

हुम बहादुर पचभैया,

पाल्पा , सावन २५ गते- बौद्ध दर्शन प्रबर्धन तथा गुम्बा बिकास समितिको सदस्यमा भिक्षु मेधंकर (नारायण बहादुर आले मगर) नियुक्त हुनु भएको छ । नेपाल सरकार (मा.मन्त्रीस्तर) को श्रावण ७ गतेको निर्णयबाट भिक्षु मेधंकरलाई गुम्बा बिकास समितीको सदस्यमा ५ बर्षकोलागी नियुक्त गरिएको हो । गुम्बा विकास समितिको स्थापना देखि अहिले सम्म थेरवाद क्षेत्रबाट कसैलाई पनि नियुक्ति नदिएको अवस्थामा यस पटक थेरवाद क्षेत्रबाट पहिलो पटक आले मगरलाई सदस्यमा नियुक्ति गरिएको हो । 

बौद्ध दर्शन प्रबर्धन तथा गुम्बा बिकास समितीको सदस्यमा नियुक्त भएपछि उहाँले राज्यसत्तालाई प्रतिकृया दिनु हुँदै भन्नुभयो : थेरावाद परम्पराबाट पहिलो पटक नेपालमा बुद्ध शासनको कामको लागी नेपाल सरकार (मा.मन्त्रीस्तर) को निर्णयबाट नयाँ जिम्मेवारी पाएको छु, यसलाई जिम्मेवार पूर्वक बहन गर्नेछु ।  नवनियुक्त सदस्य भिक्षु मेधंकर धरान स्थित सूर्योदय बुद्ध विहार ( थाउसण्ड बिग बुद्ध) को प्रमुख हुनुहुन्छ । नवनियुक्त सदस्य तथा सूर्योदय बुद्ध विहार प्रमुख भिक्षु मेधंकर नेपालको बिभिन्न जिल्लामा र बिशेष गरि पूर्वमा बुद्ध शिक्षा प्रचार गर्न तन मन धनले लागी रहनु भएका उहाँ सूर्योदय बुद्ध विहारमा १७५ फिटको बु्द्ध मूर्ति सहित १ हजार बुद्ध मुर्ति रहेको थाउसण्ड बिग बुद्ध विहार बनाउने कार्यमा लागी रहनु भएको छ । थाउसण्ड बिग बुद्ध विहारबारे राज्यसत्तासंग कुराकानीको क्रममा उहाँले भन्नुभयो : अहिले धरान ४ भेडेटार छोटीमोरङमा निर्माणाधिन उक्त विहारको शिलान्यास ०७१ सालमा तत्कालिन सभामुख ओनसरी घर्तीमगर र थाईल्याण्डका राजगुरू सोमदेच फ्रा.महामुनिबंस (बिचित्र ठित्तावर्णो) द्वारा गरिएको थियो । योजना अत्यन्तै ठूलो रहेको छ त्यसैले यसको बजेट पनि त्यत्तिकै ठूलो रहेको छ । यसकोलागी सरकारले पनि गत बर्ष देखि बार्षिक बजेट विनियोजन गरिदिएको छ । १० बर्षमा यस योजनालाई पुरा गर्ने लक्ष्य रहेको छ । 

उहाँ भक्तपुरको मुनी विहारमा श्रामणेर भएर २००९ मा थाइलाण्ड गयर उपसम्पदा हुन भएको हो । बुद्ध दर्शन , शिक्षाको प्रचार प्रसार गर्न नेपाल, भारत, पाकिस्तान, श्रीलंका, म्यानमार, हंगकंग, थाईल्याण्ड, मलेसिया, इण्डोनेसिया, फिलिपिन्स, सिङ्गापुर, जापान लगायतका लगभग ५० देशमा बुद्धको प्रचार गर्दै भ्रमण गरि सक्नु भयको छ। भिक्षु मेधंकर अर्थात नारायण बहादुर आले मगर बाबा यम बहादुर आले मगर र आमा बदना आले मगरको कोख बाट दोस्रो सन्तानका रुपमा धनकुटा, पाख्रिबासमा २०३६ सालमा जन्मनु भयको हो । 

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६