A+ A A-

साउन ७ सम्म लकडाउन थप्ने सरकारको निर्णय

काठमाण्डौं, असार १६ 

सरकारले साउन ७ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले जारी लकडाउनलाई अहिलेकै अवस्था रहने गरी लकडाउन थप्ने निर्णय गरेको हो । लकडाउनलाई प्रदेश, जिल्ला र पालिकाहरुले संघिय सरकार संग समन्वय गरि स्थान अनुसार कडा र खुकुलो बनाउन सक्ने निर्णय भएको छ । सरकारको निर्णय अनुसार अव साउन ७ सम्म सार्वजनिक गाडी संचालन हुन पाउने छैनन् । निजी गाडी अहिलेजस्तै जोर बिजोर प्रणालीमा चल्ने बताइएको छ । शैक्षिक संस्था पनि बन्द हुनेछन ।
काठमाण्डौ प्रवेश गर्न सिफारिस अनिवार्य गरिएको छ । अनिवार्य होम क्वरेन्टीइनमा बस्ने प्रतिवद्धता सहित पालिकाबाट सिफारिस लिएर प्रवेश गर्नेलाई उपत्यका भित्रिन दिने सरकारले निर्णय गरेको छ । यही असार १ गतेदेखि सरकारले लकडाउन खुकुलो बनाएपछि स्वास्थ्य, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, बैंक तथा वित्तीय संस्था, कृषिसम्बन्धी काम, उत्पादनशील उद्योग, निर्माण उद्योग, सबै प्रकारका ढुवानी र पुस्तक पसललगायतका सेवा खुला भएको छ । कोरोना संक्रमितको संख्या थपिएदै गएको तर जारी लकडाउन खुकुलो बन्दै गएकोमा भने नागरिक अगुवाहरुले चिन्ता जनाएका छन् ।

 

 

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६