A+ A A-

कोरोना संक्रमण बाट नेपालमा एक महिलाको ज्यान गयो


काठमाण्डौं, बैशाख ३ 

कोरोना संक्रमण बाट नेपालमा पहिलो पटक एक महिलाको ज्यान गएको छ । सिन्धुपाल्चोक घर भएकी २९ बर्षिय साबित्रि चालिसेको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बेलुकी मात्रै पुष्टि गरेको छ । एक्कासी उच्च ज्वोरो र स्वास्थ्यमा समस्या आएपछि उपचारका लागी अस्पताल लाने क्रममा उनको बाटोमै ज्यान गएको हो । उनको मृत्युपछि धुलिखेल अस्पतालमै गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो । बिहीबार साँझ नै सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पताल लगिएको थियो । २९ वर्षकी उनी बैशाख २३ गते काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बच्चा जन्माउनको लागि भर्ना भएकी थिइन । २४ गते बच्चालाई जन्म दिएकी उनी शिक्षण अस्पतालबाट २५ गते डिस्चार्ज भएको अस्पताल स्रोतले जनाएको छ ।
यसै बिच नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ । मन्त्रालयका सहप्रबक्ता समिर कुमार अधिकारीका अनुसार शनिबार बेलुकी पुष्टि भएका थप २ जना धनुसा निवासी २० र ६५ बर्षका पुरुष रहेका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र ३६ जना संक्रमित भने उपचार पछि निको भएर घर फर्किको समेत मन्त्रालयले जनाएको छ ।
कोरोनाले ज्यान गुमाएकी महिलाको घर र माइती गाउँ सिल
कोरोना भाइरसले ज्यान गुमाएकी सिन्धुपाल्चोककी २९ बर्षिया साबित्रि चालिसेको गाउँ र माइती गाउँलाई सिल गरिएको छ । उनको गाउँ बाह्रबिसे नगरपालिका ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ वडालाई सिल गरिएको जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ । सिल गरिएको गाउँ र वडाबाट कोही व्यक्ति बाहिर आउ जाउमा निषेध गरिएको छ । माइती गाउँबाट समेत उनका आफन्तहरु उनलाई भेट्न गएकाले त्यो गाउँ पनि सिल गरिएको बताइएको छ । उनको स्वास्थ्य परिक्षण गरिएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिएको छ ।

आर्मीका दुई जनामा कोरोना संक्रमण
नेपाल आर्मीका दुई जनामा पहिलो पटक कोरोना संक्रमणको पुष्टि भएको छ । काभ्रे घर भइ महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुष सैनिकमा संक्रमणको पुष्टि भएको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । उनीहरु मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत रहेको पाण्डेको भनाई छ । उनीहरु कहाँ कहाँ गएका थिए भन्ने विषय खोजी गर्ने कार्य भइरहेको समेत नेपाली सेनाले जनाएको छ ।
यसअघि काठमाडौंमा दुई जना सशस्त्र प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । कपिलवस्तुमा नेपाल प्रहरीका सई र हवल्दारसहित सशस्त्र प्रहरीका सई र अर्का एक जना राष्ट्रिय अनुसन्धान विभागका असईमा समेत कोरोना भाइरसको संक्रमित भएको थियो । जिल्ला प्रहरी कार्यालय, बारामा कार्यरत एक प्रहरी जवानमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६