A+ A A-

एकै दिन १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७५ पुग्यो


काठमाण्डौं, बैशाख २१
आईतबार एकै दिन १६ जनामा कोरोना संक्रमण भेटिएपछि नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ । आईतबार नेपालगञ्जका १५ जना र पर्साका एक जना गरी १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दिउँसो नेपालगञ्जमा ९ र पर्सामा एक जनामा कोरोना पुष्टि भएकोमा बेलुकी फेरी नेपालगञ्जका थप ६ जनामा पनि कोरोना संक्रमण भेटिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले नेपालगञ्ज ८ का १६, २१ र ३४ वर्षका पुरुष तथा ४०, ५५ र ६० वर्षका महिलामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । दिउँसो कोरोना पुष्टि भएका नेपालगञ्जका ९ जनामध्ये एक जना सात वर्षको बच्चा पनि रहेको मन्त्रालयले जनाएको छ ।

अहिले विराटनगरमा ३१ जना, वीरगञ्जका आइतबार भेटिएका एक जना नयाँ बिरामीसहित ९ जना तथा रुपन्देही, भरतपुर, नेपालगञ्ज र धनगढीमा एक एक जना गरी ४४ जनाको उपचार भइरहेको छ । १६ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । सरकारले अहिले सम्म १३ हजार चार सय १४ जनाको पीसीआर र ४९ हजार ६ सय ८८ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण भएको जनाएको छ । देशभरिका क्वरेण्टीनमा २१ हजार ९ सय ५१ जना रहेको पनि जनाइएको छ ।

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६