A+ A A-

बाग्लुङ्गकी युवती संगै नेपालमा कोरोना संक्रमितको ५ पुगे

पाल्पा, चैत्र १५,  

काठमाण्डौं बाहिर थप एक युवतीमा कोरोना संक्रमण भेटिएको छ । बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बाग्लुङ्गकी १९ वर्षिया युवतीमा कोरोनाको सङ्क्रमणको पुष्टि भएको हो । ति युवती संगै अव नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । चैत ४ गते १७ मार्चमा बेल्जियमबाट कतार हुँदै उनी नेपाल आएको स्वास्थय मन्त्रालयले जनाएको छ । संक्रमण देखिएकी बाग्लुङकी युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन । त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो । त्यस क्रममा बागलुङ नगरपालिकामा रहेकी युवतीलाई पनि धौलागिरि अस्पतालमा नमुना संकलन गरिएको थियो । नमुना संकलनपछि उनलाई अस्पतालमै बस्न भनिएको, तर आफ्नै घरमा बसेको स्थानीयले जनाएका छन् । कोराना भाइरसको संक्रमण पुष्टि भएपछि उनलाई सुरक्षित रुपमा काठमाडौं लगिएको जनाएको छ । यसअघि शुक्रबार धनगढीका एक युवालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । संक्रमित धादिङका एक युवा र काठमाडौंको एक युवतीको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा उपचार भइरहेको छ । सुरुमा संक्रमित भएका युवा भने उपचारपछि घर फर्किएका छन् ।

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६