A+ A A-

राष्ट्रिय जनमुक्ति पार्टी नेवा-ताम्सालिंग राज्य परिषदको दोष्रो अधिवेशन सम्पन्न !

राज्यसत्ता,

काठमाण्डौ फागुन ३० गते-राष्ट्रिय जनमुक्ति पार्टी नेवा ताम्सालिंग राज्य परिषद प्रदेश नं. ३ , परिचालन समितिको दोष्रो अधिवेशन सम्पन्न भएको छ ।


पार्टीका बरिष्ठ नेता एबं नेवा ताम्सालिंग राज्य परिषदका ईन्र्चाज डि.के. बुद्धिस्टको प्रमुख आथित्य रहेको थियो भने अथितिहरुमा पार्टीका उपाध्यक्ष एबं प्रशिक्षक बिभाग प्रमुख मोहन धिमाल, कोषाध्यक्ष डब बहादुर गर्बुजा पुन , संघिय परिषद सदस्यहरुमा मुरलीधर मिश्र, डि.के. सूर्यबंसी, हुम बहादुर थापा मगर , ओम रोका , दलित र्मोर्चाका ईन्र्चाज श्याम परियार र संघिय माहासभाका सदस्य हर्क बहादुर तुम्बाहाम्फे लिम्बु अथिति थिए । अथितिहरुको शुभकामना मन्तब्य लगतै बन्दसत्रले कोषाध्यक्ष र सचिबको प्रतिबेदन बाचन र बहस पछि प्रतिबेदन पास गरि कार्यक्रम अगाडी बडेको थियो ।


अधिवेशनले एधार सदसिय प्रदेश नं. ३ , परिचालन समिति निर्माण गरेको छ । जस्मा एस.के. मर्हजन ललितपूरलाई पुनह अध्यक्षमा निर्बाचित गरेको छ भने उपाध्यक्षमा काठमाण्डौका तिलमती पून,र सचिबमा रधु थापा मगर ललितपूर , सह सचिबमा शुरज अवाले ललितपूर र कोषाध्यक्षमा होम बहादुर गुरुंग काठमाण्डौलाई निर्बाचित गरेको छ ।


सदस्यहरुमा भक्त बहादुर थापा मगर काभ्रे,राजु तामांग धादिंग,राम तामांग नुवाकोट, धन बहादुर गोले सिन्धुली , विस्वम्बर कपाली काठमाण्डौ र मिलन गर्बुजा काठमाण्डुलाई सदस्यमा निर्बाचित गरेको छ ।

पाटीका केन्द्रिय उपाध्यक्ष मोहन धिमालको संयोजकमा तिन सदसिय निर्बाचन समितिमा संघियपरिषद सदस्यद्धय डि.के सूर्यबंसी र श्याम परियार सदस्य रहनु भएको थियो ।

समितिका अध्यक्ष एस.के. मर्हजनको अध्यक्षतामा सचिब रधु थापा मगरको सञ्चालन रहेको कार्यक्रम चक्रपथ, माहाराजगञ्जमा भएको थियो । पार्टीका केन्द्रिय कोषाध्यक्ष डब बहादुर गर्बुजा पूनले अधिवेशनको सहजिकरण गर्नु भएको थियो ।

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६