A+ A A-

मगर विद्यार्थी उत्थान समाजलाई सिंगापूरबाट आर्थिक सहयोग

हुम बहादुर थापा (पचभैया ) 

राज्यसक्ता डट,कम, फागुन २७

मगर विद्यार्थी उत्थान समाजलाई सिंगापूरबाट आर्थिक सहयोग प्राप्त भएको छ । गोर्खा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्समा कार्यरत मगरहरुको साझा संस्था कानुङ्ग लाङ्घाली गुमाष्ठाले समाजलाई ७२ हजार ५ सय ४८ नेपाली रुपियाँ आर्थिक सहयोग गरेको हो । काठमाण्र्डौमा एक कार्यक्रमको आयोजना गरी समाजका अध्यक्ष एबम् नेपाल मगर संघका पूर्ब कोषाध्यक्ष क्याप्टेन कुल प्रसाद पुनलाई नेपाल मगर संघका सस्थापक महासचिव शुरेश आले र गुमाष्ठाका प्रबिण थापा मगरको समुहले सो रकम हस्तान्तरण गरेका हुन् । 

रकम हस्तान्तरण कार्यक्रममा नेपाल मगर संघका पूर्ब उपाध्यक्ष एवम् मगर भाषाका प्रशिक्षक खड्क सारु मगर, गृहमन्त्री राम बहादुर थापाका स्वकिय सचिब राम आले, मगर बिद्यार्थी उत्थान समाजका पदाधिकारी, सदस्यहरु र कानुङ्ग लाङ्घाली गुमाष्ठा सिंगापुरका बहालवाला साथै अवकास प्राप्त प्रहरीहरुको सहभागीता थियो । कानुङ्ग लाङ्घाली गुमाष्ठाका प्रतिनिधिहरुले राखेका मगर भाषा, मगर लिपि, धर्म, संस्कृति र संस्कारका जिज्ञासालाई मगर भाषाका प्रशिक्षक खड्क सारु मगर, मगर संघका संस्थापक सुरेश आले मगर, क्याप्टेन कुल प्रसाद पुनले जानकारी संगै प्रशिक्षण दिनुभएको थियो ।  कानुङ्ग लाङ्घाली गुमाष्ठाले मगरको भाषा, लिपि, सँस्कार र संस्कृतिलाई बचाई संसारभरी पुर्याउन आफूहरु सधै तयार रहेको टोलि नेता प्रबिण कुमार थापा मगरले जानकारी दिनुभयो । कार्यक्रममा मगर बिद्यार्थी उत्थान समाजका कोषाध्यक्ष एवम् निर्देशक मनिराज पुनमगरले समाजको उद्धेश्य र हालसम्मका प्रगतिका बारेमा जानकारी दिंदै यस बर्ष बाग्लुङ्गमा पुगेर त्याहाका बिद्यार्थीहरुको प्रि सेलेक्सन गरेको बताउनुभयो ।


 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६