A+ A A-

मगर भूतपूर्व सैनिक तथा प्रहरी संघको राष्ट्रिय महाधिवेशन बुटवलमा

काठमाण्डौं, फागुन ६, 

नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघको राष्ट्रिय महाधिवेशन बुटवलमा हुने भएको छ । यही फागनु १० गते शनिवार हुने राष्ट्रिय महाधिवेशनको तयारी तिब्र पारिएको केन्द्रिय अध्यक्ष हुम बहादुर थापा पचभैयाले जानकारी दिनुभयो । संघको संस्थापक अध्यक्ष समेत रहनुभएका थापाले देशैभरका मगर भूतपूर्व सैनिक तथा प्रहरीहरुको सहभागीता रहने महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने जानकारी दिनुभयो । नेपाल मगर संघ बुटवल, १३ इकाई समितिको ब्यवस्थापनमा बुटवल १३ पितृथान, बदेलपोखरीमा कार्यक्रम हुने आयोजकले जनाएका छन् ।
मगर इतिहास, भाषा, धर्म, संस्कृति, संरक्षण सम्वद्र्धन मगरहरुको मुल मन्त्र, मगरात पहिचान र स्वायत्त साशन सहितको संघिय लोकतान्त्रिक गणतन्त्र, मगर भूपूसैनिक प्रहरीको शान, हाम्रो पहिचान भन्ने मुल नाराका साथमा हुन लागेको मगर भूतपूर्व सैनिक तथा प्रहरी संघको राष्ट्रिय महाधिवेशनलाई सबैको साथको आवश्यक रहेको समेत अध्यक्ष थापाले बताउनुभयो । नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघमा नेपाल प्रहरी, नेपाली सेना, भारतीय तथा बेलायती सेनामा आवद्ध मगर भूपूहरुको सहभागीता छ । नेपाल मगर संघमा आबद्ध मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ सबैपार्टीमा बिचार राख्ने मगर भूपूहरुको साझा संस्था हो ।

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६