A+ A A-

पाल्पाका एक बहादुर मगर संगै कुवेतमा ६ नेपालीको ज्यान गयो

पाल्पा, फागनु २,  

पाल्पाका एक बहादुर गाहा मगर संगै कुवेतमा ६ जना नेपालीको मृत्यूभएको छ । बालुवाको ढिस्कोले पुरिएर ६ जना नेपालीको ज्यान गएको हो भने दुई जना नेपालीहरु घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गंभिर रहेको र एक जना उपचार पछि कम्पनीमा फर्किएका छन् । दुर्घटनामा ज्यान गुमाएका पाल्पाका एक बहादुरको ठेगाना खुलेको छैन । सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ र दाङका श्याम नारायण चौधरीको खनाखत भएको छ ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार दुई जना मृतकको परिचय खुलेको छैन । दुर्घटनामा धर्मेन्द्र कुमार शाह र मनोरथ मण्डल घाइते छन् । शाहको कुवेतस्थित जाहारा अस्पतालमा उपचार भइरहेको छ भने मण्डल उपचारपछि कम्पनीमा फर्किएका छन् । कुवेतस्थित युनिभर्सल लिडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्र्याक्टिङ कम्पनी बाट उनीहरु अल मुत्ला सिटी प्रोजेक्टमा कार्यरत थिए । निर्माणस्थलको ढल निर्माण गरिरहेका बेला माटो र ढुंगा मिसिएको ढिस्को खसेको सो दुर्घटना भएको हो ।

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६