A+ A A-

आसन्न छैठौं राष्ट्रिय महाधिवेशनमा केन्द्रित आठौं बैठक गैंडाकोटमा सम्पन्न !

पूर्ण बहादुर राना

नवलपुर - गैंडाकोट,
माघ १९ - राष्ट्रिय जनमुक्ति पार्टी तमुवान(मगरात-गण्डकी) प्रदेश समितिको आठौं बैठक यस समितिका अध्यक्ष मन्धरि आलेको अध्यक्षता र राजमुपा संघीय परिषद उपाध्यक्ष हस्त बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।



बैठकमा राष्ट्रिय जनमुक्ति पार्टीको २०७७ वैशाख ६(९ गत धरान सुनसरीमा सम्पन्न हुने आसन्न छैठौं राष्ट्रिय महाधिवेशन सम्बन्धि केन्द्रित रहेको थियो । छैठौं महाधिवेशन कुनै पनि हालतमा भव्य रूपमा सम्पन्न हुनु पर्ने बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले राष्ट्रिय जनमुक्ति पार्टीले अब विधि विधानलाई अक्षरश पालना गरि मुलुकको सबैखाले समस्याको निकास दिई विकास गर्ने उदाहरणीय पार्टीमा स्थापित हुने कुरा बताए ।



छैठौं महनधिवेशन कर्मकाण्डिय र कसैलाई अध्यक्ष बनाउन नभई पद्धति विकास गर्ने पार्टी हुने बताए । प्रदेश समितिका अध्यक्ष मन्धरि आलेले भ्रष्टाचार विरूद्ध राष्ट्रिय अभियानको हस्ताक्षर ब्यानर उपाध्यक्ष हस्त बहादुर थापालाई हस्तान्तरण गरे । अध्यक्ष आलेले पहिलो चरणको भ्रष्टाचार विरूद्ध संकलित हस्ताक्षर राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई बुझाउने बताए ।



भ्रष्ट सरकारले हस्ताक्षरलाई नजरअन्दाज गरे पार्टीले भ्रष्टाचार विरूद्ध आन्दोलनको आँधिवेहरि र नौ रेक्टर भन्दा बेसिको भुँईचलो बराबरको आन्दोलन सिर्जना गरि भ्रष्टाचार सदाका लागि अन्त्य गर्ने बताए । कार्यक्रम सञ्चालन प्रदेश सचिव पूर्ण बहादुर रानाले गरेका थिए ।

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६