A+ A A-

प्रचण्ड निकट पूर्वमन्त्री सापकोटा सभामुख बन्ने पक्का

देब पचभैया 

काठमाण्डौं, माघ ४
प्रचण्ड निकट पूर्बमन्त्री अग्नि सापकोटा अव सभामुख बन्ने पक्का भएको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि पूर्बमाओबादी नेता सापकोटा अव सभामुख बन्ने पक्का भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बेलुकी बसेको नेकपा सचिवालय बैठकले सभामुख उम्मेदवार सापकोटालाई बनाउने निर्णय गरेको हो । नेकपाका दुबै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना नजिकका व्यक्तिलाई सभामुख बनाउने अडान लिएपछि सभामुख चयनको बिषय पेचिलो बनेको थियो । नेकपाका दुई पूर्वघटक एमाले र माओवादी केन्द्रले आफूले सभामुख पाउनुपर्ने अडान राखेपछि सहमति भएको थिएन । बि.स. २०१४ फागुन २४ गते सिन्धुपाल्चोकको कुविण्डे गाउँमा जन्मिनुभएका सापकोटा दुई पटक मन्त्री भैसक्नुभएको छ । यस अघि सुचना तथा संचार र बन मन्त्रीको जिम्मेवारी समाल्नुभएको छ । त्रिभुवन विश्वविद्यालय वाट स्नातक गर्नुभएका अग्नि सापकोटा पहिले शिक्षक हुनुहुन्थ्यो । जनयुद्धमा सेनाको गोली लागेर गंभिर घाईते हुनुभएका सापकोटा माओबादीमा प्रचण्ड निकट मानिनुहुन्छ । पूर्वसभामुख कृष्ण बहादुर महराले यौनकाण्ड पछि राजीनामा दिएपछि सभामुख पद खाली रहेको थियो ।

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६