A+ A A-

गोरे बहादुर खपांगीको तस्बिर जनमुक्ति पार्टी कार्यालयमा राखिने !

राज्यसत्ता,
काठमाण्डौ , माघ ४ - राष्ट्रियजनमुक्ति पार्टीका संस्थापक अध्यक्ष एम.एस थापा र संस्थापक महासचिब प्रणेता स्व.गोरे बहादुर खपांगीको तस्बिर पार्टीको केन्द्रिय कार्यालयमा राखिने भएको छ ।


पार्टीको २९ औ स्थापना दिवसको अवसर पारेर २०७६ माघ ६ गतेका दिन बिषेस कार्यक्रम गरि केन्द्रिय कार्यालय देखि प्रदेश ,जिल्ला र स्थानिय तह सम्मका पार्टी कार्यालयमा  संस्थापकहरुको तस्बिर अनिबार्य राखिने पार्टीले जनाएको छ ।  साथै पार्टीका संस्थापक सदस्य राम बहादुर तुम्बाहाम्फे र पार्टी अध्यक्ष के.पी. पालुंगाको तस्बिर पनि माथी देखि तल्लो निकाए सम्मको पार्टी कार्यालयमा राखिने पार्टी सचिब पदम जबेगुले राज्यसत्तालाई जानाकारी गराउनु भयो ।

पार्टीका जनसंगठनहरुले स्थापना दिवसको अवसरमा रक्तदान,फलफूल बितरण ,परोपकारी संस्थाहरुलाई सहयोग प्रदान आदि कार्यक्रम गर्ने समेत पार्टीले जनाएकोछ ।  

संस्थापक महासचिब गोरे बहादुर खपांगी नेपाल मगर संघको संस्थापक केन्द्रिय सदस्य हुदै चार कार्यकाल केन्द्रिय अध्यक्ष हुदा सिंगो मगर समाज र आदिबासी जनजातिको मुक्ति र न्यायको लागी लडि आमुल परिबर्तन गरेको योगदानको कदर गर्दै समाजले निकट भविस्यमा सालिक निर्माण गर्ने जनाएको छ ।

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६