A+ A A-

मगर भूपू सैनिक तथा प्रहरी संघको अध्यक्षमा सु. रोमन राना मगर चयन

राज्यसत्ता,
ललितपुर,पुस २६ गते - नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ ललितपुर जिल्ला समितिको प्रथम अधिवेसनले अध्यक्षमा सु. रोमन बहादुर राना मगरलाई चयन गरेको छ । अधिवेसनले तिन जना पछि थप गर्ने गरि १५ जनाको जिल्ला समिति निर्माण गरेको छ ।
Image may contain: 3 people, including Purna Rana Magar, people sitting and indoor

कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघका केन्द्रिय अध्यक्ष हुम बहादुर थापा मगरले दियोमा बत्ति बालेर अधिवेसनको उद्धधाटन गरेका थिए । अधिवेसनको उद्धधाटन गर्दै मगरले संघको उदेश्य ,संघले गरेका कृयाकलाप , संघको बिगत र बर्तमान साथै संघको भावी योजनाका बारेमा प्रस्ट आफ्नो धारणा राखेका थिए ।


विसेश अतिथिमा  नेपाल मगर संघका पूर्ब अध्यक्ष तथा संघका बरिष्ठ सल्लाहकार क्या. यम बहादुर बुढाथोकी मगर र अतिथिहरुमा नेपाली सेनाका अवकास प्राप्त ले.क. झमान सिंह थापा मगर,नेपाल प्रहरीका अवकास प्राप्त एस.पी. ललित बहादुर श्रीस मगर, भारतिय सेनाका अवकास प्राप्त ले.क. बोधबिक्रम थापा मगर , बेलायती सेनाका अवकास प्राप्त मेजर बालकृष्ण राना मगर , नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ प्रदेस नं. ३ का अध्यक्ष क्या. लाल बहादुर थापा मगर , नेपाल मगर संघ ललितपुर जिल्ला समितिका अध्यक्ष कृष्ण गोपाल थापा मगर र नेपाल मगर महिला संघ ललितपुर जिल्ला समितिका अध्यक्ष चादनी राना मगरले अधिवेसनको सफल्ताको शुभकामना दिनु भएको थियो ।

Image may contain: 23 people, including Giri Prasad Thapa, Tom Grg, Neel Hitan Magar, Jhaman Singh Thapa, Prem Pun, Lal Bahadur Thapa and Deepak Thapa, people standing, shoes, wedding and outdoor
कार्यक्रमका अध्यक्षता संघका अध्यक्ष सु.रोमन बहादुर राना मगरले गर्नु भएको थियो भने सञ्चालन संघका सचिव क्या.निल बहादुर हितान मगरले गर्नु भएको थियो ।

Image may contain: 7 people, including Neel Hitan Magar and Loki Thapa, people sittingक्या. यम बहादुर बुढाथोकी मगर संयोजक रहेको तिन सदसिय निर्वाचन समितिमा नेपाल मगर संघ केन्द्रिय समितिका पूर्ब कोषाध्यक्ष क्या. कुल प्रशाद पुन मगर र भूतपूर्ब सैनिक संघका कोषध्यक्ष प्रेम बहादुर पुन मगर सदस्य रहेको समितिले निर्वाचन प्रक्रिया पुरा गर्नु भएको थियो ।

Error: No articles to display

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६