A+ A A-

प्रदेश नं ४ को मगर भूपू सैनिक संघको अधिवेशज सम्पन्न्, अध्यक्षमा नरबहादुर श्रीस मगर

कास्की, पुस १५ गते - नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघको ४ नं.प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । कास्की मगर संघको भवनमा भएको प्रथम अधिवेशनले नर बहादुर श्रीस मगरलाई अध्यक्ष चुनेको छ । मगर भूपू सैनिक/प्रहरी संघ कास्कीका अध्यक्ष पूर्ब प्रहरी नायक निरिक्षक चन्द्र प्रकाश थापा मगरको अध्यक्षतामा नेपाल मगर संघ केन्द्रिय समितिका  उपाध्यक्ष एबं ४ नं.प्रदेश ईन्चार्ज मनधरी आले मगरको प्रमुख आतिथ्यतामा मगर भूपू सैनिकको प्रथम अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा मगर भूपू सैनिकका केन्द्रिय सदस्य एबम प्रदेश ४ का ईन्चार्ज सु. चन्द्र बहादुर मर्सांगी थापा मगर ,केन्द्रिय सदस्य हस्त बहादुर थापा मगर , संघका सल्हाकार मेजर चोक बहादुर थापा मगर , मेजर डा. पेरम ले मगर लगाएतको अथितिमा उपस्थित रहेको थियो । अधिवेशनले अध्यक्षमा नर बहादुर सिरिस मगर -बांगलुंग ,उपाध्यक्ष मा जय बहादुर थापा मगर - तनहुँ , सचिबमा क्षेत्र बहादुर राना मगर - कास्की ,कोषाध्यक्षमा गौमती थापा मगर - कास्की र सहकोषाध्यक्षमा नेत्र बहादुर थापा मगर - तनहुँ चुनिनु भएको छ । सदस्यहरूमा : क्या.कुलमान सिरिस मगर - बागलुंग , सु. धन बहादुर हाला मगर - तनहुँ ,सु.गुम बहादुर पुन मगर - पर्वत ,भूपेन्द्र मास्की राना मगर - तनहुँ , राजिन थापा मगर - तनहुँ ,रन बहादुर थापा मगर - स्यांजा , गिरी प्रशाद थापा मगर - स्यांजा , बेल बहादुर पुन मगर -पर्वत र दुर्गा बहादुर थापा मगर - बागलुंग चयन हुनु भएको छ । एक जना उपाध्यक्ष , एकजना संगठन सचिब , एक जना प्रचार सचिब र बाँकी सदस्यहरू पछि पदपुर्ति गर्ने गरि अधिवेशन सम्पन्न भएको परदेस ४ का ईन्चार्जजूले जानाकारी गराउनु भएको छ ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर