A+ A A-

मगर भूपू सैनिक तथा प्रहरी संघ प्रदेश न.३ मा क्या.लाल बहादुर थापा मगर

 राज्यसत्ता संबादाता ,

ललितपुर , कार्तिक १७ नेपाल मगर भूतपूर्ब सैनिक तथा प्रहरी संघको ३ नं. प्रदेशको प्रथम अधिवेशन कार्तिक १५ गते धोबिघाट स्थित शिर्दाथ कटेजमा सम्पन्न भएको छ ।

Image may contain: 10 people, including Deepak Thapa and Buccha Magar, people standing and indoor

प्रदेश नं. ३ का संयोजक क्या.लाल बहादुर थापा मगरको सभापतित्वमा नेपाल मगर संघ केन्द्रिय समितिका पूर्ब अध्यक्ष तथा संघका सल्लाहकार क्या.यमबहादुर बुढाथोकी मगरज्यूको प्रमुख आथित्यमा प्रथम अधिवेशन सम्पन्न भएको हो ।


कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नं. ३ का ईन्र्चाज गंगा खासु मगर र नेपाल मगर बौद्ध समाजका केन्द्रिय अध्यक्ष तथा संघका सल्लाहकार क्या.देउबहादुर राना मगर बिषेश अथिति हुनुहुन्थ्यो । अन्य अथितिहरुमा संघका केन्द्रिय अध्यक्ष हुमबहादुर थापा मगर, उपाध्यक्ष सु.मे चित्र बहादुर राना मगर , महासचिब क्या.भिम बहादुर राना मगर , सचिब धनकेशर सूर्यबंसी मगर , कोषाध्यक्ष प्रेम बहादुर पुन मगर , मगर संघ यू.केका केन्द्रिय अध्यक्ष नेम थापा मगर, मगर संघ हंगकंगका पूर्ब महासचिब भिम थापा मगर,काठमाण्डौ जिल्ला अध्यक्ष लिल बहादुर थापा मगर , ललितपुर जिल्ला अध्यक्ष सु रोमन राना मगर चितवन जिल्ला उपाध्यक्ष,गोरेबहादुर खपांगी मगर फउण्डेशनका कोषाध्यक्ष चन्द्र थापा मगर, आईडिया फर नेपालका अध्यक्ष गोकर्ण श्रेष्ठ र शिरोमणी डवाडी लगाएतका पाहुनाहरु अथिति हुनुहुन्थ्यो । 

Image may contain: 6 people, people standing and indoor 
भिम थापा मगर हंगकंग , नेम थापा मगर बेलायत , गंगा खासु मगर , हुम थापा मगर र प्रमुख आथिति क्या.यमबहादुर बुढाथोकी मगरज्यूले अधिवेशन सफल्ताको शुभकामना दिनु भएको थियो । क्या. देउबहादुर राना मगर , प्रेम पुन मगर र नेम थापा मगरको तिन सदस्य रहेको निर्बाचन मण्डलले निर्बाचन सम्पन्न गरेको थियो ।


प्रदेश नं. ३ का संयोजक क्या.लाल बहादुर थापा मगर चितवनको अध्यक्षतामा २५ सदिस्य ३ नं. प्रदेश सभा गठन गरेको छ ।
अध्यक्ष क्या. लाल बहादुर थापा मगर ,
उपाध्यक्षद्धय चित्र बहादुर काउचा मगर र गणेश बहादुर थापा मगर ,
सचिबमा दिपक कुमार थापा मगर,
संगठन सचिबद्धयमा क्या. निल बहादुर थापा मगर र गोबिन्द बहादुर राना मगर ,
कोषाध्यक्षमा तेज बहादुर राना मगर ,
सहकोषाध्यक्षमा चन्द्र बहादुर थापा मगर चुनिनु भएको छ ।
सदस्यहरुमा क्या. कृष्ण बहादुर थापा मगर , टोल बहादुर थापा मगर , ओम बहादुर थापा मगर , महेन्द्र बहादुर थापा मगर र राजु थापा मगर भेला बाट चुनिनु भएको छ । खाली रहेका पदहरुमा जिल्लागतका हिसाबमा बैठकले पदपुर्ती गर्ने अध्यक्ष क्या. लाल बहादुर थापा मगरले राज्यसत्तालाई जानाकारी दिनु भयो ।

काठमाण्डौ जिल्ला सचिब तेजबहादुर राना मगरको स्वागत मन्तब्य र चितवन जिल्लाका सचिब दिपक कुमार थापा मगरले कार्यक्रम सञ्चालन गर्नु भएको थियो  ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर