A+ A A-

सञ्चो हुन पाए पढेर ठुलो मान्छे बन्थे - सागर आले मगर !

सहयोगको अपिल

प्रेमध्वज गाहा मगर

नवलपरासी , असोज ३० - बिगत ६ महिनादेखि बिमारले थलिएका पुर्बी नवलपरासी बिनयी त्रिबेणी ४ शीतल टाँडीका  सागर आलेको आर्थिक अभावका कारण उपचार हुन नसक्ने भएपछि उनका बाबु डोल बहादुर आले मगरले आर्थिक सहयोगको अपिल गर्नुभएको  छ । 



स्थानीय बिद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ बर्षीय आले कम्मरबाट मुनिको भाग नचल्ने बिमारले थलिएपछि बिभिन्न अस्पतालहरुमा उपचार गराएपछि पनि सञ्चो हुन नसकेको उनका बुवा डोल बहादुर आलेले बताउनुभयो ।

आफुसँग भएको आर्थिक स्रोत छोराको उपचारमा सकिएपछि वहाँले आर्थिक सहयोगको अपिल गर्नुभएको हो । सागरको हाल कावासोतीको इन्टिग्रेटेड अस्पतालमा उपचार भैरहेको  छ । सहयोग गर्न चाहने महानुभावहरुलाई सहयोगका लागि सागरका बुवा डोल बहादुरले मोबाइल नम्बर ९६१७८५३६८२ मा सम्पर्क गर्न  अनुरोध समेत गर्नुभएको छ ।

सम्पत्तिको नाममा पाँच कठ्ठा जग्गा मात्र भएको र अन्य आय स्रोत नभएको डोल बहादुरले हालसम्म छोराको उपचारमा तीन लाख रुपैयाँ सकेको बताउनुभएको छ । सागरको उपचारमा सँलग्न चिकित्सकहरुले स्थानीय अस्पतालमा उपचार हुन नसक्ने बताएका छन् । काठमाण्डौँको सुबिधा सम्पन्न अस्पतालमा उपचारका लागि करिब १५ लाख रुपैयाँ खर्च लाग्ने आफुलाई डाक्टरहरुले बताएको बाबु डोल बहादुर आलेले बताउनुभएको छ । सागर खेल्ने क्रममा लडेपछि खुट्टट मर्केको थियो । 

केही समय पछि मर्केको खुट्टा नचलेको र सँगै अर्को खुट्टा पनि चल्न छाडेपछि कम्मर मुनिको भाग नै चल्न छाडेको उनका बुवा डोल बहादुर बताउनुहुन्छ । पढाइ अति राम्रो भएको सागर, आफु सञ्चो हुन पाए पढेर ठुलो मान्छे बन्ने चाहना रहेको बताउँछन् ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर