A+ A A-

भूतपूर्ब सैनिकको समस्याका बारेमा प्रचण्डले बोल्ने !

राज्यसत्ता संबादाता,
काठमाण्डौ,  भदौ २७ - भूतपूर्ब सैनिकको समस्याका बारेमा  पूर्ब प्रधानमन्त्री तथा नेपाल कम्यूष्टि पार्टी (ने.क.पा)का अध्यक्ष माननीय सांसद  पुस्पकमल दाहाल प्रचण्डले बोल्नुहुने भएकोछ ।



कार्यक्रममा उहांलाई प्रमुख अथितिको निम्तो दिईएको आयोजक संस्था भूतपूर्बसैनिक कल्याणकारी समिति नेपाल तथा बृटिश र गोरखा नेपाली नागरिक्ताको निरन्तरता संघर्ष समिति बेलायतले जनाएकोछ । बृटिस गोरखा भूतपूर्ब सैनिकका र उनका परिवारलाई बंशजको आधारमा नेपाली नागक्तिाको निरन्तरता र पुंजि पलायनको बारेमा मुख्य बक्ताको रुपमा बोल्नुहुने  छ ।


कार्यक्रममा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल लगाएत पूर्ब तथा बाहालवाला माननीय मन्त्री र सांसदज्यूहरुको पनि बिषेश उपस्थित रहने आयोजकका अध्यक्ष क्या. यमबहादुर बुढाथोकी मगरले जानाकारी दिनु भयो ।


कार्यक्रम २८ भदौ २०७५ का दिन ठिक १२ बजे LOVELY BANGUET को तेस्रो तला बालमन्दिर जावलाखेल(स्टाफ कलेजको ठिक अगाडी) मा हुने  क्या. हिमाल राईले जानाकारी दिनु भयो ।

पूर्बगोरखा सैनिक तथा उनिहरुको छोरा छोरी र आफन्ताहरु बेलायत, हंगकंग,सिंगापुर, अष्टे«लिया,क्यानाडा, अमेरीका र बिभीन्न देशहरुमा लाखौको संख्यामा बस्दै आइरहेका छन ।

उनिहरुलाई नेपाली नागरिक्ताबाट बञ्चि नहौन भन्नकालागी भूतपूर्ब सैनिक कल्याणकारी समिति नेपाल तथा बृटिश र गोरखा नेपाली नागरिक्ताको निरन्तरता संघर्ष समिति बेलायतले नयां संबिधान निर्माणका सुरुका दिन देखि हालसम्म काठमाण्डौ, बेलायत, हंगकंग र बिभिन्न देशहरुमा बिचार गोष्ठी, सभा सम्मेलन र संघर्ष समेत गर्दै आईरहेको बृटिश गोरखा नेपाली नागरिक्ताको निरन्तरता संघर्ष समिति बेलायतका संयोज थर्क राना मगरले राज्यसत्तालाई जानाकारी दिनु भयो ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर