A+ A A-

केरवानी माध्यमिक विद्यालय देवदह–५, को नवनिर्मित तिन कोठे भवनको उद्घाटन

गोबिन्द घर्ती मगर

भदौ ११ । प्राविधिक र व्यवहारिक शिक्षाले मात्र वेरोजगार अन्त्य हुने प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । बरालले युग सुहाउदो जनशक्ति उत्पादन गर्ने शिक्षा निती आवश्यक रहेकोमा जोड दिदै समृद्धि निर्माण, समाज परिवर्तनको लागि गुणस्तर शिक्षामा जोड दिनु पर्ने बताए । केरवानी माध्यमिक विद्यालय देवदह–५, को नवनिर्मित तिन कोठे भवनको उद्घाटन गर्दै बरालले उक्त कुरा बताएको हो ।
मन्त्री बरालले राज्यलले शिक्षामा अरवौ लगानी गरेपनि भनेजस्तो परिणाम आउन नसकेको बताए । बरालले शिक्षाको नाममा अरवौ रुपैया विदेश गईरहेको बताउदै त्यसलाई रोक्नको लागि समेत व्यवहारिक शिक्षा लागु गर्नुपर्नेमा जोड दिए । मन्त्री बरालले जटिलता र चुनौतीलाई सामना गर्दै शिक्षाको विकासको लागि प्रदेश सरकारले योजना निर्माण गरी अगाडि बढिरहेको दावी गरे । बरालले प्रत्येक स्थानीय तहमा एउटा मोडेल विद्यालय स्थापना गर्न प्रदेश सरकार लागिरहेको बताए । बरालले विद्यालयको भौतिक विकासको लागि संघीय सरकार संग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने बताए ।
सोही अवसरमा बोल्दै प्रदेश ५ का सांसद डा कृष्ण प्रसाद न्यौपानेले भगवान गौतम बुद्धको मावली स्थल देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकारले विशेष पहल गर्ने बताए । न्यौपानेले भैरहवामा निर्माण भईरहेको लुम्विनी अन्तर्राष्ट्रिय विमानस्थल संचालन संगै देवदहको विकास हुने बताए । न्यौपानेले लुम्विनीमा आउने पर्यटकलाई देवदहमा ल्याउन ऐतिहासिक स्थलहरुको उत्खनन् गर्न आवश्यक रहेको बताए । नेपाल सरकारको १९ लाख ५० हजार र १० लाख विद्यालयको आन्तरिक श्रोत गरी २९ लाख ५० हजारमा तिन कोठे भवन निर्माण गरेको हो ।
विद्यालयका कृषि प्राविधिक तर्फ ९, १० र ११ मा वालिविज्ञान कक्षा संचालन भईरहेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोलराज चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगर शिक्षा अधिकारी हरीलाल अर्याल लगायतले आ–आफना भनाई राखेका थिए । सो अवसरमा विद्यालयका प्रार्चाय दुर्गादत्त शर्माले विद्यालयको प्रगति चुनौतीको वारेमा प्रकाश पारेका थिए । विद्यालय व्यवस्थापन समितिका सदस्य प्रकाश अर्यालको स्वागत र शिक्षक कृष्ण प्रसाद न्यौपानेका संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर