A+ A A-

सीता माध्यमिक विद्यालय देवदह चरेङगेको ३ कोठे भवन उद्घाटन

गोबिन्द घर्ती मगर

असार २७, सीता माध्यमिक विद्यालय देवदह–१०, चरेङगेको ३ कोठे भवन उद्घाटन तथा कक्षा ११ शुभारम्भ गरिएको छ । जिल्ला शिक्षा कार्यालय रुपन्देहीद्धारा प्राप्त भौतिक योजना अन्तर्गत विनियोजना गरेको रकमबाट ३ कोठे भवन निर्माण गरिएको हो । जिल्ला क्षिक्षा कार्यालयको १९ लाख ५० हजार र विद्यालय तथा अभिभावकको १८ लाख ८८ हजार गरी ३८ लाख ३८ हजारको लागतमा ३ कोठे भवन निर्माण गरिएको विद्यालयले जनाएको छ । भवनको एक कार्यक्रमका वीच प्रदेश ५ का सांसद दधिराम न्यौपानेले उद्घाटन गरेका थिए ।
विद्यालयले यसै आर्थिक बर्ष देखि शुरुवात गरेको कक्षा ११ को समेत सांसद न्यौपानेले शुभारम्भ गरेका छन । विद्यालयले गत बर्ष नै कक्षा संचालनको स्वीकृत लिएपनि कक्षा भने यसै बर्ष मात्र शुरुवात गरेको विद्यालयले जनाएको छ । सो अवसरमा बोल्दै सांसद न्यौपानेले प्राविधिक शिक्षाले मात्र दक्ष जनशक्ति उत्पादन हुनेमा जोड दिए । सांसद न्यौपानेले प्राविधिक र व्यवसायीक शिक्षा आजको आवश्यकता भएकोले राज्यले पनि सोही अनुसार लगानी गर्नुपर्नेमा जोड दिएका थिए । सांसद न्यौपानेले शिक्षाको विकासको लागि प्रदेश सरकारले योजना तयारी गरी अगाडि बढिरहेको बताए ।
सांसद न्यौपानेले अहिले तिनवटै तह ऐन, नियम निर्माणको क्रममा रहेकोले कानुन निर्माण पछि सम्पूर्ण समस्या समाधान हुनेमा जोड दिए । न्यौपानेले विरोध भन्दा पनि विकास निर्माणमा सवै एकतावद्ध भएर लाग्नु पर्ने समय भएको बताए । अर्को प्रशंगमा बोल्दै सांसद न्यौपानेले सिद्धवावाको विकल्पको रुपमा देवदहको चरङगे हुदै पाल्पाको झुम्सा जोड्ने बाटोलाई प्रदेश सरकारले यस बर्ष १० करोड विनियोजन गरेको बताए । न्यौपानेले देवदह नगरपालिकाको लडियावास र बुटवललाई जोड्ने गरी प्रदेश सरकारले लडियावास देखि बुटवलको शिवनगर जोड्ने बाटोको लागि एक करोड विनियोजना गरेको बताए ।
सवै विकासका कामहरु एक बर्ष सम्पन्न हुन नसक्ने बताउदै विकासका कामहरु विस्तारै गर्दै जाने न्यौपानेको भनाइ थियो । सोही अवसरमा बोल्दै रुपन्देहीका पुर्व शिक्षा अधिकारी टेक बहादुर थापाले परम्पपरागत चिन्तनलाई परिर्वतन गर्नसके शिक्षा क्षेत्रले फड्को मार्ने बताए । थापाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र उद्योगको विकासको लागि राज्यले विशेष लगानी गर्नुपर्नेमा जोड दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिना न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय परिक्षा बोड बुटवर्लका प्रमुख टिकाराम गैरे, नगरशिक्षा अधिकृत हरीलाल अर्याल, एकनारायण रिजाल, राजेन्द्र पराजुली लगायतले बोल्दै स्थानीय तहले माटो र बाटोलाई भन्दा शिक्षालाई महत्व दिनु पर्नेमा जोड दिएका थिए । विद्यालयका प्रअ महेश कुमार थैवको स्वागत र शिक्षक पुरुषोत्तम ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर