A+ A A-

नेपाल - हगेरी मैत्री संघको साधारण सभा सम्पन्न

गायत्री राना मगर

काठमाण्डौ चैत्र २८ नेपाल - हगेरी मैत्री  संघको साधारण सभा गत २५ चैत्र २०७४ का दिन गोल्डेन गेट रेष्टुरेन्ट, लाजिमपाट काठमाडौंमा सम्पन्न भएको छ ।

२०५३ बैशाख १८ गते जिल्ला प्रशासन कार्यलय काठमाडौंमा दर्ता भएको र नेपालको मगर र  हगेरीको मग्यार बिच पुर्खेउली सम्बन्ध रहेको छ । नेपाल र हगेरी बिचको दौत्य सम्बन्ध लाई सुमधुर र विस्तार गर्ने कार्यमा टेवा पुर्याउदै  सास्कृतिक आदन प्रदान गर्ने  र यस्लाई अझ मुर्त रुप दिने लक्ष रहेको छ । आउँदा दिनहरुमा पनि सघले नेपाल हगेरी बिच पुल को काम गर्नेछ । र राष्ट्रिय स्तरबाट चौतर्फी सम्बन्ध बिस्तार गर्ने अभियानलाई निरन्तरता दिईरहने छ ।
 
आजको साधारन सभा बाट नयां कार्यसमिती समेत चयन गरेको छ ।
अध्यक्ष - लंकमान रोका मगर
उपाध्यक्ष - दिलबाहदुर  थापा मगर
माहासचिव - गौबाहादुर आले मगर
कोषाध्यक्ष - गायत्री राना मगर रहनु भएको छ भने
सदस्यहरुमा:
निर्मल प्रदानाङ्ग
आङ बाबु शेर्पा
बिन्दा मगर
मानबाहदुर आले मगर
लाल माया बुढा मगर
उर्गेन दोर्जे गुरुङ र
सल्लाहकारमा -  त्रिलोक सिंह थापा मगर हुनुहुन्छ ।
फोटो: गायत्री राना मगर

हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी