A+ A A-

चरेङ्गेबाट मुढावास जाने बाटो निर्माणको काम शुरु

गोबिन्द घर्ती

चैत्र १४ । रुपन्देहीको देवदह–१०, चरेङ्गेबाट मुढावास जाने बाटो निर्माणको काम शुरु भएको छ । देवदह नगरपालिकाको ६ लाख र करिव २ लाख वरावर स्थानीयवासीको श्रमदानबाट बाटो निर्माण कार्य शुरु भएको हो । उक्त बाटो पाल्पाको चौकी भङज्याङ सम्म पु¥याउने लक्ष्य रहेको देवदह–१० का वडा अध्यक्ष एक बहादुर सुनारले बताए । बाटो निर्माणको शुभारम्भ गर्दै देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्रीले उक्त बाटोको ट्याक पाल्पाको चौकी भङज्याङ सम्म जोड्न सकिए सिद्धवावाको बैकल्पिक बाटोको रुपमा प्रयोग गर्न सकिनेमा जोड दिएका थिए ।
खत्रीले पाल्पा र देवदह नगरपालिकालाई जोड्ने गरी पहल भईरहेको र अहिले नगरपालिको प्रयासमा ट्याक खोल्ने काम शुरु गरिएको बताए । चरेङ्गे देखि पाल्पाको भङज्याङ हुदै झुम्सा जोड्ने बाटो बनाउन सकिए सिद्धवावाबाट जोखिम उठाएर हिड्न नपर्ने बताए । खत्रीले निर्वाचन सम्पन्न भएसंगै अवका दिनमा विकास निर्माणका कामहरु अगाडि बढाउने बताए । सोही अवसरमा बोल्दै देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले जनप्रतिनिधि आए संगै विकासका कामहरु तिव्ररुपमा अगाडि बढेको दावी गरिन ।
गुरुङ्गले देवदह नगरपालिकाले विकास निर्माणका कामलाई प्राथमिकता दिएको बताउदै चरेङ्गे हुदै पाल्पाको भङज्याङ्ग जोड ट्याकको लागि नगरपालिकाले विशेष पहल गर्ने दावी गरिन । देवदह–१०, का वडा अध्यक्ष एक बहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी निरिक्षक अमर बहादुर थापा, विभिन्न राजनैतिक दलका प्रतिनिधि एवं स्थानीयवासीको सहभागिता रहेको थियो ।
बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष पुरन बहादुर सलामीको स्वागत र वडा सचिव विष्णुप्रसाद वस्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी