A+ A A-

महिला प्रजनन स्वास्थ्य तथा पाठेघर शिविर सम्पन्न

गोबिन्द घर्ती

चैत्र १३ । रुपन्देहीको देवदह–१०, चरेङ्गेमा महिला प्रजनन स्वास्थ्य तथा पाठेघर शिविर सम्पन्न भएको छ । शिविरको उद्घाटन गर्दै देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्रीले महिलाहरुको पाठेघर समस्या समाधान गर्न नगरपालिकाले स्वास्थ्य शिविरको आयोजना गरेको बताए । खत्रीले रोगको निकाकरण गर्नको लागि रोग लुकाउन नहुनेमा जोड दिए । नगरप्रमुख खत्रीले महिलाहरुलाई स्वरोजगार बनाउन नगरपालिकाले सिपमुलक कार्यक्रमको आयोजना गरेको बताए ।
खत्रीले महिलाहरुलाई आर्थिक रुपमा पहुच पु¥याउन नगरपालिकाले सिपमुलक कार्यक्रमको आयोजना गरेको बताउदै सिपलाई व्यवसायीक बनाउनु पर्नेमा जोड दिए । देवदह नगरपालिका उप्रमुख तथा कार्यक्रम संयोजक विद्यालक्ष्मी गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा देवदह–१०का वडा अध्यक्ष एक बहादुर सुनार लगातयले आ–आफना भनाई राखेका थिए । महिला कार्यक्रम अन्र्तगत देवदह नगरपालिकाको आयोजना, देवदह मेडिकल कलेज, जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देही, सामुदायिक स्वास्थ्य ईकाई चरेङ्गेको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
देवदह मेडिकल कलेज भलुहीका स्त्री रोग विशेषज्ञ डा.सरस्वती श्रेष्ठ, डा. नेत्र राना लगायतको टोलीले विरामीहरुलाई जाच गरेका थिए । शिविरमा ७३ स्थानीयवासीले स्वास्थ्य प्ररिक्षण गराएको नगरपालिकाले जनाएको छ । वडा सदस्य रेनुका आलेको स्वागत र सरस्वती पोखरेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर