A+ A A-

रुपन्देहीको देवदहमा अवैध धरेलु मदिरा नष्ट

गोबिन्द घर्ती

चैत्र ५ । रुपन्देहीको देवदहमा अवैध धरेलु मदिरा नष्ट गरिएको छ । देवदह प्रहरी चौकीले विभिन्न क्षेत्रमा बरामद गरेको करिव १४० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको हो । स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन र सञ्चारकर्मीहरुको रोहवरमा उक्त मदिरा नष्ट गरेको हो । देवदह नगरपालिका–५, का वडा अध्यक्ष झिल्लुप्रसाद न्यौपाने, वडा सदस्य तोलराज विक, प्रहरी निरिक्षक विष्णु विक, स्थानीय सञ्चारकर्मीहरुको रोहवरमा उक्त अवैध घरेलु मदिरा नष्ट गरेको हो ।
सो अवसरमा बोल्दै वडा अध्यक्ष न्यौपानेले अवैध घरेलु मदिराले समाजलाई विकृति तर्फ लैजाने भएकोले यस्ता चिजहरुको विक्रि वितरणमा रोक लगाउनु पर्नेमा जोड दिए । न्यौपानेले समाजमा रहेका कुसंस्कार हटाई समाज निर्माण तर्फ अगाडि बढ्नु पर्ने बताए । न्यौपानेले अवैध घरेलु मदिरा सेवनका कारण कयौ मानिसको ज्यान गएको बताउदै अवैध घरेलु मदिरा रोक्न नगरपालिकाले विशेष पहल गर्ने बताए । वडा अध्यक्ष न्यौपानेले घरेलु मदिरा विक्रि वितरण गरी जिविकोपार्जन गर्नेहरुलाई पेशा परिवर्तन गर्न आग्रह गर्दै त्यसको लागि राज्यले पहल थाल्नु पर्नेमा जोड दिए ।
मदिराका कारण समाजमा झै–झगडा तथा विकृति बढ्ने गरेको बताउदै मदिरा जन्य पदार्थ रोक्न समाजका अगुवाहरु लाग्नु पर्नेमा जोड दिए ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर