A+ A A-

महिला प्रजनन स्वास्थ्य तथा पाठेघर शिविरको आयोजना

गोबिन्द घर्ती

चैत्र ६ । रुपन्देहीको देवदहमा महिला प्रजनन स्वास्थ्य तथा पाठेघर शिविर शुरु भएको छ । देवदह नगरपालिकाको आयोजनामा देवदह–१२, सिक्टहन स्वास्थ्य चौकीमा शिविर शुरु भएको हो ।
महिला लक्षित कार्यक्रम अन्तर्गत नगरपालिकाले महिला प्रजनन स्वास्थ्य तथा पाठेघर शिविरको आयोजना गरेको हो । देवदह मेडिककल कलेज भलुही, जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देही र सिक्टहन स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा उक्त शिविर संचालन गरेको हो । देवदह नगरपालिकाले महिलाहरुको स्वास्थ्यलाई ख्याल गर्दै देवदहमा ४ वटा स्थानमा महिला प्रजनन स्वास्थ्य तथा पाठेघर शिविर संचालन गरिरहेको छ । सोही अन्तर्गत चैत्र ९ गते केरवानी स्वास्थ्य चौकी, चैत्र १३ गते चरेङ्गे सामुदायिक स्वास्थ्य संस्थामा र चैत्र १६ गते देवदह स्वास्थ्य चौकीमा शिविर आयोजना गरेको नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले जानकारी दिए ।
उपप्रमुख गुरुङ्गको अध्यक्षता र नगर प्रमुख हिरा बहादुर खत्रीको प्रमुख आतिथ्यतामा शिविर शुरु भएको हो । सो अवसरमा बोल्दै नगर प्रमुख खत्रीले महिलाहरुले रोग लुकाउने गरेका कारण वास्तविक रोगको उपचार हुन नसकेको बताउदै कुनै पनि रोगहरु लुकाउन नहुनेमा जोड दिए । खत्रीले मानिसहरुको प्रमुख सम्पत्ति स्वास्थ्य भएकोले आमनागरिकले आफनो स्वास्थ्य प्रति सचेत र सजग हुनु पर्नेमा जोड दिए ।
सोही अवसरमा बोल्दै देवदह मेडिकल कलेजका स्त्री रोग विशेयज्ञ डा ज्योति रानाले समय मै रोगको पहिचान गर्न सकिए उपचार गर्न सकिनेमा जोड दिए । डा रानाले अधिकाश महिलाहरुमा पाठेघरको समस्या रहेपनि वाहिर ल्याउन नसक्दा समयमै उपचार हुन नसकेको बताए । देवदह–१२, सिक्टहनमा भएको महिला प्रजनन स्वास्थ्य तथा पाठेघर शिविरमा १ सय ६४ जनाको स्वास्थ्य परिक्षण गरिएको नगरपालिकाले जनाएको छ । देवदह मेडिकल कलेज भलुहीका डा. ज्योति राना, डा. विक्रम ज्ञवाली, डा. अमिक श्रेष्ठ लगायतको टोलीले स्वास्थ्य चेकचाज गरेका थिए । वडा सदस्य सावित्री चौधरीको स्वागत र सरस्वती पोखरेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी