A+ A A-

सांसद विष्ट र दोहोरी गायक गुरुङलाई मिलन फाउण्डेशनको सम्मान

रूद्र श्रीसमगर

पोखरा, ६ चैत्र

प्रदेश नं. ४ का प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट र लोक तथा दोहोरी गायक सुरेन्द्र गुरुङलाई मिलन फाउण्डेशन नेपाल र मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.ले सम्मान तथा बधाई ज्ञापन गरेको छ ।

विष्टलाई प्रदेश सांसद भएकोमा र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गण्डकीका महासचिव समेत रहेका गायक गुरुङलाई नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको कोषाध्यक्षमा चयन भएको भन्दै सम्मान एवं बधाई ज्ञापन गरिएको हो ।

मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.की संरक्षक सावित्री गुरुङ, फाउण्डेशनका संरक्षक एवं मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.का अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’ र फाउण्डेशनकी कार्यवाहक अध्यक्ष देवी गुरुङले सांसद विष्ट र गायक गुरुङलाई क्रेगी, खादा र बुकेद्वारा सम्मान गरेका थिए ।

सो अवसरमा बोल्दै सांसद विष्टले बधाई तथा सम्मानले थप जिम्मेवारी बोध गराएको बताए । सामाजिक कार्यलाई मिलन फाउण्डेशनले दिएको जोडप्रति आफू खुशी भएको भन्दै फाउण्डेशनलाई आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।

त्यस्तै, गायक गुरुङले सामाजिक सेवामा समर्पित मिलन फाउण्डेशन प्रदेश नं. ४ को स्थापित सामाजिक संस्था बनिसकेको बताउँदै फाउण्डेशनलाई अघि बढाउन आफ्नो पनि हरतरहले साथ रहने बताए । सो अवसरमा तमुस्यो रि च्हमी परिवारकी अध्यक्ष गौरी गुरुङले सांसद विष्ट र गायक गुरुङलाई पनि सम्मान गरेकी थिइन ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर