A+ A A-

महिला पोते डिजाइन तालिम सम्पन्न

गोबिन्द घर्ती

चैत्र २, तिन तहको निर्वाचन सम्पन्न संगै राजनैतिक मुद्दा सकिएको र अवको पाटो आर्थिक समृद्धि रहेको प्रदेश सभा सदस्य डा कृष्ण प्रसाद न्यौपानेले बताए । डा न्यौपानेले उत्पादन बृद्धिले मात्र समृद्धि राष्ट्र निर्माण गर्ने भएकोले आमनागरिक उत्पादन व्यवसायमा लाग्नु पर्नेमा जोड दिए । महिला जागरण सहयोग समुह देवदह–४, को आयोजना र देवदह नगरपालिकाको सहयोगमा संचालित ७ दिने पोते डिजाईन तालिमको समापन गर्दै उहाले उक्त कुरा बताएको हो ।
प्रदेशसभा सदस्य डान्यौपानेले व्यवसायीक उत्पादन क्षेत्रमा लाग्नेहरुलाई स्थानीय तहले सहयोग गर्नुपर्नेमा जोड दिए । डा न्यौपानेले उत्पादन मुलक क्षेत्रमा लाग्न सकेमात्र आत्मनिर्भर बन्ने बताउदै सिपलाई व्यवहारमा उर्तानु पर्नेमा जोड दिए । सोही कार्यक्रममा बोल्दै देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले आर्थिक क्षेत्रमा पहुच नपुगेका कारण महिला पछाडि परेको बताउदै आर्थिक रुपमा सवल भएमात्र महिलाहरुको अधिकार प्राप्त हुनेमा जोड दिइन । उपप्रमुख गुरुङ्गले काम ठूलो र सानो नहुने बताउदै तालिममा सिकेका सिपलाई व्यवहारमा उर्तान सकेमात्र आर्थिक रुपले सवल हुने बताइन ।
महिला जागरण सहयोग समुहका अध्यक्ष निर्मला चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक अम्विका खनाल, केरवानी स्वास्थ्य चौकीका पुर्व ईन्चार्ज ईश्वरी ढुंगाना, पत्रकार तिलोचन दहाल, लक्ष्मी चौधरी लगायतले आ–आफना भनाई राखेका थिए । २८ जना महिलाहरुके सहभागि रहेको तालिमको सहजीकरण अम्विका खनाल र दुर्गा थापाक्षेत्रीले गरेका थिए । विष्णु घिमिरेको संचालन र पुष्पा चौधरीको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो ।

हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी