A+ A A-

७ महिने शिशु अस्पतालको शैयामा छटपटिदै, आर्थिक समस्या उपचारको बाधक

विनोद रखाली मगर

फागुन १६, म्याग्दे

भिमाद नगरपालिका वडा न. ६ मैदीखोला का ७ महिने शिशु कृष्ण परियार अस्पतालको शैयामा छटपटाई रहेका छन् । गत माघ २९ गते राती सुतिरहेका शिशु माथी एक्कासी बलिरहेको टुकि खस्दा शरीरको विभिन्न भागमा आगोले पोल्दा पर्याप्त उपचारको अभावमा हाल गण्डकी अस्पतालमा उपचाररत रहेको शिशुका आमा सिता परियारले बताइन् । भिमादमा मजदुरी पेशा अगाल्दै आएका उनको परिवार हाल भिमाद क्याम्पस गेटमा भाडामा बस्दै आएका छन् ।

आर्थिक अभावका कारण उपचारका लागी समस्या भए पछि भिमाद स्थीत सामाजिक अभियन्ता झक सारु मगरको पहलमा रु.६,५०० सङ्कलन गरी दमौली जिल्ला अस्पताल उपचारका लागी पठाएको र करिव एक हप्ता सम्म दमौली अस्पतालमा उपचार गराइरहेको तर अस्पतालमा उपचार सम्भव नदेखीए पछि अस्पतालले गण्डकी क्षेत्रीय अस्पताल पोखरामा रिफर गरेको उनकी आमाले बताइन् ।

गण्डकी क्षेत्रीय अस्पतालमा पनि उपचार सम्भव नभएपछि अस्पतालले मनिपाल शिक्षण अस्पतालमा रिफर गरेको थियो । शिशुलाई आइसीयुमा राखी उपचार गर्नुपर्ने अवस्था रहेको भन्दै गण्डकीले रिफर गरेको परिवारले जनाएको छ । यता मनिपाल अस्पतालले शिशुको घाउँ गहिरो भएको र आइसीयुमा राख्न नमिल्ने र अपरेशन गर्नुपर्ने भन्दै पुन गण्डकी क्षेत्रीय अस्पतालमै पठाएको छ । हाल शिशुलाई गण्डकी अस्पतालमा राखिएको परिवारले जनाएको छ ।

आर्थिक अवस्था निकै न्युन रहेकाले उपचारमा विभिन्न समस्या देखा परेको गुनासो गर्दै शिशुका आमा सिता परियारले सहयोगका लागी सबै संग सहयोगको याचना गरेकी छिन् । सम्पर्कका लागी आफुसंग मोबाइल पनि नरहेकाले अन्य विरामीका कुरुवा संग मोबाइल सहयोग लिएर आफु संग दमौली अस्पतालमा भेट भएकी सामाजिक अभियन्ता गिता थापा मगर संग सम्पर्क गरी बिरामीको अवस्थाको बारेमा जानकारी दिई सहयोगको आग्रह गरेको सामाजिक अभियन्ता गिता थापा मगरले बताइन् ।

बिरामीको परिवारको अवस्था निकै कमजोर रहेको र बिरामीको अवस्था निकै जटिल रहेकाले उपचारको लागी लामो समय लाग्न सक्ने र साथै आर्थिक समस्या बाधकको रुपमा देखिएकाले सामाजिक अभियन्ता तनहुँ भिमादका झक सारु मगर र तनहुँ म्याग्देका गिता थापा मगर आर्थिक सङ्कलनमा जुटेका छन् । यता शिशुको उपचारमा सागर घिमिरे दमौली मार्फत रु.२,०००, दमौली निवासी अनिल श्रेष्ठ मार्फत रु. १,००० , थापा मेडिकल हल भिमाद मार्फत रु.३५००, राहङरुङ सुन चाँदी पसल भिमाद मार्फत रु.१,५०० र म्याग्दे निवासी बिनोद रखाली मार्फत रु.१,००० सहयोग प्राप्त भएको अभियन्ता गिता थापा मगरको भनाई छ ।

थापाले शिुशुको उपचारको लागी सबैलाई सहयोग गर्न आग्रह गरेकी छिन् । साथै सहयोगका लागी बिरामीको परिवारको सम्पर्क नम्बर नभएकाले तत्काल सामाजिक अभियन्ता गिता थापामगर (९८५६०६०९१०) र झक सारु मगर (९८२५१०६१३८) लाई सम्पर्क गर्न सकिने छ ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर