A+ A A-

गुण्डा नाइकेका रुपमा परिचित मनोज पुन सहित दुईको गोली हानी हत्या ।

फागुन ९ । गुण्डा नाइकेका रुपमा परिचित मनोज पुन सहित दुई जनाको प्रहरी कारवाहीमा मृत्यु भएको छ ।

रुपन्देहीको देवदह–४, विजयपुरमा प्रहरीको कार्यावाहीमा गुण्डा नाईके मनोज पुनको मुत्यु भएको हो । विहान करिव साढे ३ बजे देवदहको विजयपुरमा प्रहरीको कार्वाहीमा गुण्डानाइके पुनको मृत्यु भएको हो ।

आपराधिक गतिविधि गरिरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले चलाएको गोली लागेर पुन र उनका सहयोगी सोम आलेको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरी टोली माथि आक्रमण गरेपछि जवाफी कारवाही गर्दा प्रहरीको गोली लागि पुनको मृत्यु भएको रुपन्देहीका एसपी श्याम ज्ञवालीले बताउनु भयो । प्रहरीको गोली लागेर घाइते भएका दुवै जनाको लुम्बिनी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएका प्रहरीले जनाएको छ । पुनले युवा संघका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारी र युवा संघकै कार्यकर्ता वसन्त पौडेल बलुको तथा निर्माण व्यवसाी सरद गौचनको हत्या गरेको जिम्मा लिएका थिए । केही दिन अगाडि भारतको गोवामा पक्राउ परेको भन्ने अपुष्ट खवर आए पनि प्रहरी भने पुष्टि गरेका थिएन ।

२०७३ पौष ४ गते युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारी र २०७४ पौष २१ गते युवा व्यवसायी वसन्त पौडेलको गोली हानी हत्या गरेको जिम्मेवारी लिएका पुन भूमिगत रुपमा लुकिछिपी बस्दै देवदह क्षेत्रमा आतंक मच्चाउदै आएका थिए । मनोज पुनले देवदह क्षेत्रमा रहेका व्यवासीयहरु संग चन्दा संकलन गर्दै आएका थिए । घटना स्थलमा एउटा पेस्टोल, ४ थान गोली, दुई वटा मोटरसाईकल समेत बरामद गरेको रुपन्देही प्रहरीले जनाएको छ ।

घटना स्थलमा वा २ व ५८५४ र लु १३ प ३३७६ नम्वरको मोटर साईकल बरामद भएको प्रहरी निरिक्षक भीमलाल भट्टराईले बताउनु भयो ।

हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी