A+ A A-

असक्त तथा विपन्न अपाङ्गहरुलाई राहत वितरण

गोविन्द घर्ती
Image may contain: 7 people, people standing and indoor

माघ २४ । देवदह नगरपालिका वडा नं ८, ले असक्त तथा विपन्न अपाङ्गहरुलाई राहत वितरण गरेको छ ।

वडा कार्यालयले अपाङ्गहरुको लागि विनियोजन गरिएको ५० हजारबाट उनीहरुलाई राहत प्रदान गरेको हो । महिला सदस्य पुष्पा चौधरीको अध्यक्षता र वडा अध्यक्ष डण्डपानी भट्टराईको प्रमुख आतिथ्यतामा उक्त राहत वितरण गरेको हो । सो अवसरमा बोल्दै वडा अध्यक्ष भट्टराईले अपाङ्गहरुलाई सम्मान गर्नुपर्नेमा जोड दिनु भयो । उहाले अपाङ्गहरुलाई आत्मनिर्भर बनाउन आगामी बर्ष बजेट विनियोजन गर्ने बताउनु भयो । वडा अध्यक्ष भट्टराईले अपाङ्गहरुले अवसर पाए सपाङ्ग सरह नै काम गर्न सक्ने भएकाले उनीहरुलाई समाज र राष्ट्रले अवसर प्रदान गर्नुपर्नेमा जोड दिनु भयो । सोही अवसरमा देवदह–८, निवासी अपाङ्ग हस्तबहादुर कामीलाई ह्यलचिय प्रदान गरेको छ ।

अन्य असक्त तथा विपन्न बर्गका अपाङ्गहरुलाई व्याङकेट वितरण गरिएको हो । कार्यक्रममा वडा सस्य फुलमति विक, नामावली बुढा, समाजसेवी अमरबहादुर थापा, अर्जुन खनालको सहभागिता रहेको थियो । वडा सदस्य देवु भट्टराईको स्वागत र वडा सचिव मित्रबहादुर थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी