A+ A A-

‘राम्दी पुलपारि’ सालैजो

मनोज घर्तीमगर

लोक दोहोरी गायक शंकर ‘विरही’ गुरुङ र गायिका इन्द्रा गुरुङको सालैजो गीत ‘राम्दी पुल पारी...’सार्बजनिक गरिएको छ । युट्युब मार्फत सार्वजनिक गरिएको गीतलाई धेरैले रुचाएका छन् । वालिङ नगरपालिका–३, सिंगारकोट, स्याङ्जामा करन चैसिरद्वारा छायांकन गरिएको म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् । भिडियोमा गुरुङ फिल्मका नायक नायिका खेम गुरुङ र उर्मिला गुरुङका साथमा सिंगारकोट वासी नृत्यांगनाहरुको नृत्य तथा अभिनय देख्न सकिन्छ । शंकर बिरही गुरुङ र इन्द्रा गुरुङको आवाज, सालैजोका सर्जक राजु गुरुङको लय र शंकर बिरही गुरुङको शब्दले संकलन रहेको भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका छन् ।

माया प्रेमलाई मुख्य विषयवस्तु बनाएर लेखिएको गीतमा संकलक शंकर बिरही गुरुङले राम्दी पुल, स्याङ्जा, मार्सी धान, लाँकुरी, बेसी, जुनकिरी जस्ता शब्दहरु प्रयोग गरि मौलिकता झल्काउने प्रयास गरेका छन् । मालश्री रेकर्डिङ् स्टुडियो प्रालि. काठमाडौँ र डिजिटल स्टार रेकर्डिङ स्टुडियो प्रालि पोखरामा राजेन्द्र बाजुराली र तारानाथ आचार्यद्वारा रेकर्डिङ गरिएको गीतको संगीत संयोजन बिनोद बाजुरालीले गरेका हुन् भने ध्वनि सम्पादन खडग बाजुरालीको रहेको छ ।
लामो समय देखि नेपाली लोक दोहोरी गीति क्षेत्रमा क्रियाशिल गायक शंकर राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपाल, गण्डकीका अध्यक्ष र गायिका इन्द्रा गुरुङ राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपाल, गण्डकीकी सदस्य छिन् ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर