A+ A A-

राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही क्षेत्र नं २को समिक्षा बैठक सम्पन्न

सोनु थापा मगर

पौष ७, बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही क्षेत्र नं २ ले सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्बाचनको समिक्षा गरेको छ । पार्टीका महासचिव केशब सूर्यबंशीको प्रमूख आतिथ्यतामा आज शुक्रबार बुटवलमा सम्पन्न समिक्षा बैठकमा पार्टीले अपेक्षा गरे अनुसारको चुनाबी नतिजा हासिल नगरेपनि यसबाट भने बिचलित हुनु पर्ने स्थिति भने नरहेको निष्कर्ष निकालेको छ । 

पार्टीले आगामी चुनाबलाई मध्यनजर गर्दै अहिले देखि नै जनतामा जानु पर्ने समेत सहभागीले सुझाब दिएका छन् । अन्य पार्टीले जसरी सिद्धान्त छोडेर सत्ताको मात्रै फोहोरी राजनीति जनमुक्ति पार्टीले नगर्ने भएकाले जनताको मतादेशलाई सम्मान गर्ने जनाएको छ । पार्टीको ३८ बुँदे चुनाबी घोषणा पत्र कार्यान्वयनका लागि सदैव जनताको साथमा रहेर काम गर्न पार्टीका नेताहरु लाग्नु पर्ने समिक्षामा सहभागीहरुले पार्टीलाई सुझाव समेत दिएको छ ।

पार्टीले सो अवसरमा चुनाबी अभियानमा सहयोग गर्ने पार्टी नेता, कार्यकर्ता, शुभचिन्तक, पत्रकार बुद्धिजीवि लगायत सम्पुर्णलाई धन्यवाद समेत दिएको छ । कार्यक्रममा पार्टीका केन्द्रिय नेताहरु कमला थापा, होमाया गुरुङ, हरिओम विक, ज्ञान बहादुर सलामी, केश बहादुर थापा, छत्र दर्लामी, क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रुक बहादुर पुन, प्रदेश सभा सदस्यका उम्मेदवार दुर्गा बहादुर थापा, दुर्गा शर्मा, मधु राना, धनी आले, बल बहादुर गुरुङ लगायतले आफ्नो धारणा राखेका थिए । क्षेत्र नं २ का अध्यक्ष क्या. दुद्ध बहादुर गुरुङको अध्यक्षता एवं सचिव लिल बहादुर रानाको सञ्चालनमा बैठक सम्पन्न भएको थियो ।

हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी