A+ A A-

देवदहमा चौथो राष्टिय देवदह औद्योगिक व्यापार मेला सुरु

गोविन्द घर्ती
Image may contain: 3 people, people sitting

पौष ४ ।  रुपन्देहीको देवदहमा चौथो राष्टिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७४ हुने भएको छ । उद्योग व्यापार संगठन देवदह शाखाको आयोजनामा उक्त महोत्सव हुने भएको हो । यही माघ ११ गते देखि २१ गते देवदह–९, घोहाडामा रहेको देवदह मण्डपमा महोत्सव हुने देवदहमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुरा जानकारी गराएको हो । देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा परिचित गराउन महोत्सवको आयोजना गरेको हो । महोत्सवले देवदहलाई कृषि र पशुपालन क्षेत्रको रुपमा परिचित गराउन मद्दत पुग्ने पत्रकार सम्मेलनमा उद्योग व्यापार संगठन देवदह शाखाका अध्यक्ष गोविन्द ठड्राईले दावी गर्नु भयो । देवददह क्षेत्रमा उत्पादन गरेका कृषि अन्र्तगत तरकारी तथा दुधजन्य पदार्थको पकेट क्षेत्रको रुपमा विकास गर्न समेत महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष ठड्राईले बताउनु भयो ।

महोत्सवले देवदह क्षेत्रका व्यापार व्यवसायीहरुलाई प्रोत्साहन प्रदान गर्ने बताउदै पर्यटन, शिक्षा, स्वास्थ्य सहीत देवदहलाई व्यापारी केन्द्रको रुपमा विकास गर्न सकिने अध्यक्ष ठड्राईले जोड दिनु भयो । महोत्सवले देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुको पहिचान गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न समेत टेवा पुर्याउन भएकाले पनि महोत्सवको आयोजना गरेको हो । पत्रकार सम्मेनलमा अध्यक्ष ठड्राईले महोत्सव भर विक्रि हुने टिकटको आम्दानीबाट २ प्रतिशत रकम देवदहको पर्यटन विकासमा लगानी गर्ने बताउनु भयो । महोत्सवमा करिव ३ सय स्टल रहने, २ लाख दर्शकले अवलोकन गर्ने र १० करोडको कारोवार गर्ने आयोजकले लक्ष्य लिएको छ । महोत्सव सम्पन्न पार्न विभिन्न उपसमिति गठन गरी कामलाई तिव्रता दिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । महोत्सवमा साधारण तर्फ ५० रुपैया, विद्यार्थीलाई ४० रुपैया र समुहगत, जेष्ठ नागरिक र अपाङ्गतालाई ३० रुपैया निर्धारण गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । महोत्सवमा कला र संस्कृतिको संरक्षण गर्ने र स्थानीय कलाकारहरुलाई राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यले सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, संगठनका बरिष्ठ उपाध्यक्ष गणेशकुमार खाती लगायतले बोल्नु भएको थियो । संगठनका अध्यक्ष गोविन्द ठड्राईको अध्यक्षता र सचिव प्रशान्त गैरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर