A+ A A-

तिवारीको प्रथम स्मृति दिवस

गोविन्द घर्ती
Image may contain: 14 people, people standing and people sitting

पौष ४ । नेकपा एमालेका भातृ संगठन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको एक बर्ष पुरा भएको छ । तिवारीको २०७३ साल पौष ४ गते अज्ञात समुहद्धारा खैरेनीमा गोली हानी हत्या गरेको थियो । दुर्गा तिवारीको हत्या भएको एक बर्ष पुरा भएपनि हत्यारा अझै पनि पत्ता लाग्न सकेको छैन । राजनैतिक दल, युवा संघ नेपाल र विभिन्न संघसंस्थाले तिवारीको हत्याको विरोध गर्दै तत्काल अपराधीलाई पक्राउ गरी कानुनी दायरामा ल्याएर कार्वाही गर्न माग गरेपनि एक बर्ष सम्म पनि हत्यारा पत्ता लगाउन राज्य असफल भएको छ । तिवारीको प्रथम स्मृति दिवसको अवसरमा सहीद दुर्गा तिवारी स्मृति प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरी प्रथम वार्षिकी मनाएको छ । प्रतिष्ठानले सहीद दुर्गा तिवारी जीवनी, व्यक्तित्व र स्मृतिहरु विचार विमर्श कार्यक्रम गरेको हो । सो अवसरमा बोल्दै नवनिर्वाचित प्रतिनिधि सभाका सदस्य छविलाल विश्वकर्माले तिवारीको हत्यारालाई राज्यले कानुनी दायरा ल्याएर कार्वाही गर्नु पर्ने बताउनु भयो ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहनु भएका नेता विश्वकर्माले राजनैतिक आन्दोलनको क्रममा मारिएका तिवारीलाई राज्यले सहीद घोषण नगरिएको प्रति रोष प्रकट गर्नु भयो । उहाले तिवारीले समाज परिवर्तन, देश निर्माणमा पुर्याउनु भएको योगदानलाई राज्य र नेपाली जनताले सम्मान गर्नु पर्नेमा जोड दिनु भयो । उहाले दुर्गा तिवारी समाजको उदाहरणीय व्यक्तित्व भएको जनाउदै राज्यले शान्ति सुरक्षालाई प्राथमिकता दिनु पर्नेमा जोड दिनु भयो । उहाले आमनागरिकको शान्ति सुरक्षाको प्रत्याभूति प्रदान गर्न राज्यको दायित्व भएकोले अवका दिनमा अन्य युवाहरु यस्तो शिकार हुनु नहुने बताउनु भयो । प्रतिष्ठानका अध्यक्ष सिद्धिचरण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य लिला गिरी, प्रदेश सभा सदस्य डा. कृष्ण न्यौपाने, भोजप्रसाद श्रेष्ठ, देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्री, माओवादी केन्द्रका लेखनाथ न्यौपाने, प्रकाश अर्याल, ऋषिराम सापकोटा, एकराज विक नहकुल शाही लगायतले आ–आफना भनाई राख्नु भएको थियो । उपाध्यक्ष गुमान सिंह कुवरको स्वागत र सचिव कृष्णराज पौडेलको संचालनमा भएको कार्यक्रममा स्वर्गीय तिवारीको जीवनी वारे बृत्तचित्र प्रदर्शन गरिएको थियो ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर