A+ A A-

मेडिकल कलेजले स्वास्थ्य सेवा गुणस्तर युक्त बनाउनु पर्ने

गोबिन्द घर्ती मगर


पौष २ । संविधान कार्यान्वयनको लागि ३ वटै तहको निर्वाचन सम्पन्न भएसंगै राजनैतिक अस्थिरताको अन्त्य भएको प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले बताएका छन । विश्वकर्माले आमनागरिकको चाहना अनुसार राज्यलाई विकासको बाटोमा लैजानको लागि अव बन्ने वामपन्थीको सरकार लागि पर्नेमा जोड दिएका थिए । नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका नेता विश्वकर्माले विगत लामो समय देखि स्थिर सरकार बन्न नसक्दा नागरिकका चाहना अनुरुप विकास निर्माण हुन नसकेको बताए ।
देवदह मेडिकल कलेज भलुहीले नवनिर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभाका सदस्यहरुलाई शुभकामना, स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै विश्वकर्माले उक्त कुरा बताएको हो । यस क्षेत्रको विकासको लागि आफु निरन्तर लागि रहने प्रतिवद्धता पनि ब्यक्त गरेका थिए । स्वास्थ्य सेवा पाउने नागरिकको अधिकार रहेको कारण स्वास्थ्य संस्थाहरुको स्तरउन्नतीको लागि आफुले पहल गर्ने बताए । सोही कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य दधिराम न्यौपानेले निर्वाचित भएसंगै आफुहरु आमनागरिकको प्रतिनिधि भएकोले सवैलाई समेटेर अगाडि बढ्ने बताए ।
माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य समेत रहेका नेता न्यौपानेले रुपन्देहीको क्षेत्र नं १, को विकासको लागि दीर्घकालिन योजना बनाएर अगाडि बढ्ने बताए । त्यसैगरी देवदह नगरपालिका प्रमुख हिरा बहादुर खत्रीले देवदह मेडिकलकलेजले स्वास्थ्य सेवा गुणस्तर युक्त बनाउनु पर्नेमा जोड दिए । खत्रीले प्राकृतिक श्रोतलाई परिचालन गर्न कानुनी अड्चनका कारण सोचे जस्तो विकासका कामहरु गर्न नसकिएको बताए । मेडिकल कलेजका प्रवन्ध निर्देशक रजनीस जिन्दलको अध्यक्षतामा भएको कार्यक्रममा डा. रेशम बहादुर रानाले कलेजको वारेमा जानकारी गराएका थिए ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर