A+ A A-

डॉ. सी के राउत, जनकपुर निवास बाट आज गिरफ्तार

डॉ. सी. के. राउत लाई नेपाली प्रहरी ले बिहान ९.३० बजे आज २०७४ मङ्सिर २१ गत्ते बिहीबार उनको जनकपुर निवास बाट गिरफ्तार गरे को छ। सादा पोशाकमा, जासूसी कुकुर सहित आएका पुलिस को एक जथ्था ले, बिना कुनै सुचना, बिना सर्च वारंट, बिना गिरफ़्तारी वारंट को उनको निवास को ताल्चा फुटाई, अनाधिकृत प्रवेश गरी उनको सहायक सत्य नारायण खंग लाई धम्काउदै, घर को खनतलासी लिई, डॉ. राउत को निजी कंप्यूटर, हार्ड ड्राइव, मोबाइल, खंग को मोबाइल कब्ज़ा मा लिई डॉ. राउत लाई गिरफ्तार गरेको छ। हिजो डॉ. राउत ले सामाजिक संजाल द्वारा आफ्ना समर्थक हरु लाई नो-वोट को अधिकार प्रयोग गर्दै मत बदर गर्न अपील गरेका थिए।

नेपालको सर्वोच्च अदालतले विगतमा “राइट-टू-रिजेक्ट” को प्रावधान निर्वाचनमा राख्न निर्देश गरे तापनि वर्तमान निर्वाचनमा सो प्रावधान न राख्दा सो को विकल्पको रुपमा स्वतन्त्र मधेश गठबन्धनले, नेपालको विभेदपूर्ण संविधान तथा औपनिवेशिक शासन आफूलाई स्वीकार्य न भएको जनाउनका लागि, मतपत्रमा “कोठा बाहिर मोहर” लगाई “नो भोट” खसाउनका लागि जनतासँग अपील गर्दै आएको छ। तर नेपाल सरकारले निर्वाचनमा “नो भोट” खसाउनका लागि शांतिपूर्ण रुपमा जनतासँग आह्वान गरिरहेका कार्यकर्ताहरुलाई समेत निशाना बनाई तिनीहरुलाई डराउने-धम्काउने, यातना दिने तथा पक्राऊ गर्ने कार्य गरिरहेको छ र सो अभियानको प्रचार-प्रसारलाई नै प्रतिबन्ध लगाएको छ। यस अगाडी स्थानीय चुनावको क्रममा समेत सो गतिविधिमा संलग्न भएको अभियोगमा गठबन्धनका प्रवक्ता समेत गरी दर्जनौं कार्यकर्ताहरूलाई नेपाल प्रहरीले गिरफ्तार गरेको थियो। मंसीर १० र २१ गते गरी दुई चरणमा हुन गई रहेको प्रतिनिधी सभा तथा प्रदेश-सभाको निर्वाचनका लागि नेपाल सरकारले २७२,००० सुरक्षाकर्मी परिचालित गरेको छ।

शांतिपूर्ण रुपमा “नो भोट” का लागि आह्वान गरिरहेका डॉ. राउत को गिरफ्तारीले लोकतान्त्रिक मूल्य-मान्यता तथा आधारभूत मानवअधिकारको घोर उल्लंघन भएको गठबन्धनको ठहर छ र उको अविलम्ब निशर्त्त रिहाईको लागि स्वतन्त्र मधेश गठबन्धन माँग गर्दछ।


कैलाश महतो, सहसंयोजक
स्वतन्त्र मधेश गठबन्धन

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर