A+ A A-

राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देही क्षेत्र नं १ मा चुनाव प्रचार प्रसार गर्यो

सोनु थापामगर

मंसिर ११ बुटवल । देशको राजनैतिक फोहोर सफा गर्नका लागि बाहुबल र धनबलको भरमा चुनाव लड्नेहरुसंग जनता सचेत हुनु पर्ने एक समारोहका वक्ताहरुले जोड दिएका छन् ।
Image result for janamukti flag

राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही क्षेत्र नं १ ले आज सोमबार तिलोत्तमा सेमरामा आयोजना गरेको चुनावी सभामा बोल्ने जनमुक्तिका नेताहरुले सो कुरा बताएका हुन् । जनमुक्तिले अझैसम्म स्थायी प्रतिपक्षको रुपमा बसेर खबरदारी गर्दै आएकाले अब जनताले सत्ता पक्षको रुपमा जनमुक्तिलाई हेर्न चाहेको दावी गरे । भलबारी, मंगलापुर लगायतका ठाउँहरुमा घरदैलो तथा जनभेटघाट र छलफल पश्चात आयोजना गरिएको सभामा बोल्दै क्षेत्र नं १ का प्रतिनिधी  सभा सदस्य पद्का उम्मेद्वार झम बहादुर गुरुङ्गले अब साम, दाम र दण्डको आडमा चुनाव जित्न खोज्ने नेताहरुलाई जनताले पाखा लगाउने भन्दै वास्तविक विकास र अनुभव गर्ने खालको स्थायी समृद्धिका लागि आफुलाइ मत दिएर विजय गराउन अपिल गरेका छन् । यसैबीच राष्ट्रिय जनमुक्ति पार्टीका क्षेत्र नं ३ का प्रतिनिध सभा सदस्य पदका उम्मेद्वार सूर्य कुमार सारुले सोमबार बुटवल–१४ का मतदाताहरुसंग भेटघाट र अन्तरक्रिया गरेका छन् । राष्ट्रिय जनमुक्ति पार्टी क्षेत्र नं २ ले पनि सैनामैनामा घरदैलो सम्पन्न गरेको क्षेत्र नं का इन्चार्ज द्द्ध बहादुर गुरुङ्गले जानकारी दिएका छन् ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी