A+ A A-

लोकतन्त्रको माला जप्ने देउवा काग्रेस सवैभन्दा अलोकतान्त्रिक : नेता विश्वकर्माको आरोप

गोविन्द घर्ती

Image may contain: 3 people, people standing and outdoor 
मंसीर ११ । भाषा, संस्कृतिको संरक्षण गर्दै अगाडि बढ्नु पर्ने नेकपा एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले बताउनु भएको छ ।

उहाले भाषा, संस्कृति राज्यको सम्पत्ति भएको कारण संरक्षण र सम्वद्र्धनमा राज्यले लगानी गर्नुपर्नेमा जोड दिनु भयो । संयुक्त वागठवन्धन क्षेत्र नं १, रुपन्देहीको प्रतिनिधिसभा उम्मेदवार समेत रहनु भएका नेता विश्वकर्माले कानुन बनाउने निकायमा हरेक जातजातीको प्रतिनिधित्व हुनु पर्नेमा जोड दिनु भयो । रुपन्देहीको देवदहमा संयुक्त वामगठवन्धनद्धारा आयोजित आदिवासी-जनजाति संयुक्त भेलालाई सम्वोधन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । नेता विश्वकर्माले लोकतन्त्रको माला जप्ने देउवा काग्रेस सवैभन्दा अलोकतान्त्रिक रहेको आरोप लगाउनु भयो । उहाले देउवा सरकारले निर्वाचन आचार सहिता उल्लघन गर्नुको साथै नियम कानुन वेवास्ता गर्दै अगाडि बढेको बताउनु भयो ।

वामगठवन्धनको सरकार बनेपछि आदिवासी जनजातिहरुको राज्यको हरेक तहमा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने दावी गर्नु भयो । सोही कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता मोतीलाल ढकालले आदिवासी जनजातिहरुको अधिकारको लागि जनयुद्धमा वकालत गर्दै आएको र वामपन्थीको सरकारले मात्र त्यसलाई कार्यान्वयन गर्ने दावी गर्नु भयो । कालुराम  थापाको अध्यक्षता, भविन्द्र थापाको स्वागत र भमिप्रसाद गुरुङ्गको संचालनमा कार्यत्रम सम्पन्न भएको थियो ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी