A+ A A-

संयुक्तवाम गठबन्धनको देवदह ३ र ४ को घरदैलो कार्यक्रम सम्पन्न

गोविन्द घर्ती
Image may contain: 2 people, people standing and beard

११ मंसिर । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व कृषि तथा सहकारी मन्त्री छविलाल विश्कर्माले मुलुकमा स्थायी सरकार चल्न नदिने र सधै अस्थिर सरकार बनउने वातावरण निर्माण गर्ने अवस्थाको मुख्य जिम्मेवार नेपाली कांग्रेस रहेको बताउनु भएको छ ।

संयुक्तवाम गठबन्धनको देवदह ३ र ४ को घरदैलो कार्यक्रमको अवसरमा टटेरामा आयोजित कार्यक्रममा बोल्दै वामपन्थीहरुलाई बहुमत प्राप्त भएर ५ वर्ष स्थिर सरकार चलाउन पाएको खण्डमा मात्र मुलुकको समग्र विकासको एकिकृत योजना बनाई विद्यमान समस्याहरुको समाधान गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । रुपन्देही क्षेत्र नं १ का उम्मेदवार समेत रहनु भएका नेता विश्वकर्माले यस क्षेत्र लगाएत देशै भरी रहेको अव्यवस्थित बसोबास र भूमीहीन किसानहरुको समस्या समाधान गर्ने आफ्नो मुख्य एजेण्डा रुपमा रहेको उल्लेख गर्नु भएको छ । उहाले वामपन्थीको स्पष्ट बहुमत विना भूमीहीन किसानहरुको समस्या समाधान नहुनेमा जोड दिनु भयो ।

सोही अवसरमा बोल्दै क्षेत्र नं १, प्रदेशसभा १, उम्मेदवार डा. कृष्णप्रसाद न्यौपानेले वामपन्थीको स्थिर सरकारले मात्र देशको समृद्धि गर्ने भएकोले अहिलेको निर्वाचनमा वामगठवन्धनका साझा उम्मेदवारलाई जिताउन आग्रह गर्नु भयो । उहाले क्षेत्र नं १, मा नेपाली काग्रेसले पटक पटक निर्वाचन जितेपनि विकास गर्न नसकेको बताउनु भयो । उहाले वामगपन्थीको स्थिर सरकार विना संविधान कार्यान्वयन हुन नसक्नेमा जोड दिदै आमनागरिकको अधिकार सुनिश्चित संगै संविधान कार्यान्वयनको लागि वामपन्थीको जित आवश्यक रहेको बताउनु भयो । नेता न्यौपानेले देवदहमा रहेको ऐतिहासिक स्थलहरुको संरक्षण, सम्वद्र्धन गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गरी आर्थिक समृद्धि गर्न वामपन्थी संग स्पष्ट योजना रहेको बताउनु भयो । भगवान गौतम बुद्धको मावली स्थल देवदहलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा चिनाउन आफु सदैव लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । घरदैलो कार्यक्रममा दुवै पार्टीका नेता, कार्यकर्ता एव शुभचिन्तकहरुको उल्लखनिय सहभागिता रहेको थियो ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी