A+ A A-

नेपाली काग्रेसले चुनाव जिते पनि विकास गर्न नसकेको बाम गठबन्धनको आरोप

गोविन्द घर्ती
Image may contain: 7 people, people standing and outdoor

मंसीर १० । आदिवासी जनजाति, मधेशी, मुस्लिम, उत्पीडितहरुको उत्थानको लागि वामगठवन्धन प्रतिवद्ध रहेको नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नं १, का उम्मेदवार छविलाल विश्वकर्माले बताउनु भएको छ ।

उहाले संविधानमा आदिवासी जनजाति, मधेशी, मुस्लिम, उत्पीडितहरुको अधिकार सुनिश्चित गरिएको र वामगठवन्धनको सरकारले मात्र कार्यान्वयन गर्न सक्ने दावी गर्नु भयो । रुपन्देहीको क्षेत्र नं १, ओमसतिया गाउपालिका–३ र ४ को घरदैलो कार्यक्रमको अवसरमा आयोजित कोणसभामा बोल्दै नेता विश्वकर्माले उक्त कुरा बताउनु भएको हो । नेता विश्वकर्माले क्षेत्र नं १, को समानुपातिक विकासको लागि वामगठवन्धन प्रतिवद्ध रहेकोमा जोड दिनु भयो । सोही कार्यक्रममा बोल्दै क्षेत्र नं १, प्रदेशसभा २ का उम्मेदवार दधिराम न्यौपानेले प्राप्त उपलव्धीको सदुपयोग गर्दै आत्मनिर्भर बनाउनको लागि वामगठवन्धनले ठोस योजना ल्याउने बताउनु भयो । माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य समेत रहनु भएका उम्मेदवार न्यौपानेले वामगठवन्धनले मात्र देशको विकास गर्न सक्ने भएकोले अहिलेको निर्वाचनमा वामगठवन्धनका साझा उम्मेदवारलाई जिताउन आग्रह गर्नु भयो । उहाले यो क्षेत्रमा विगतका दिनहरुमा नेपाली काग्रेसले चुनाव जिते पनि विकास गर्न नसकेको बताउदै विकास र समृद्धिको लागि वामगठवन्धनलाई जिताउनु पर्नेमा जोड दिनु भयो ।

यस्तैगरी क्षेत्र नं १, प्रदेशसभा १ का उम्मेदवार डा. कृष्णप्रसाद न्यौपानेले निर्वाचन पछि गठन हुने वामपन्थीको सरकारले सुकुम्वासी समस्या समाधान गर्ने बताउनु भयो । देवदह–६, को घरदैलो कार्यक्रमको अवसरमा बोल्दै उम्मेदवार न्यौपानेले अव्यस्थित बसोवासीलाई व्यस्थित गर्ने र सुकुम्वासीहरुलाई घरवासको व्यवस्था गर्ने दावी गर्नु भयो ।

 

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी