A+ A A-

नेपाली काग्रेसले निर्वाचनमा हार्ने डरले भ्रम कुरा फैलाउदै छ : न्यौपाने

गोविनद घर्ती
Image may contain: 14 people, people smiling, people standing and outdoor

 मंसिर ९ । वामपन्थीको दुई तिहाई सरकारले ५ बर्ष भित्र अव्यस्थित बसोवास तथा सुकुम्वासी समस्या समाधान गर्ने नेकपा एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले बताउनु भएको छ ।

उहाले निर्वाचन पछि वामपन्थीले दुईतिहाईका साथ सरकार गठन गर्ने र पहिलो काम सुकुम्वासी समस्या गर्ने दावी गर्नु भयो । रुपन्देही क्षेत्र नं १, का प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार समेत रहनु भएका नेता विश्वकर्माले संविधान जारी संगै राजनैतिक क्रान्ति सम्पन्न भएको र अवको बाटो भनेको आर्थिक क्रान्ति रहेको बताउनु भयो । क्षेत्र नं १, अन्र्तगत देवदह–५ र ६ को घरदैलो कार्यक्रमको अवसरमा आयोजित कोणसभालाई सम्वोधन गर्दै नेता विश्वकर्माले समृद्ध राष्टको लागि स्थिर सरकार आवश्यक रहेकोमा जोड दिनु भयो । उहाले वामगठवन्धनको सरकारले मात्र देशमा विकास गर्न सक्ने भएकोले प्रतिनिधि सभा तथा प्रदेश निर्वाचनमा वामगठवन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नु भयो । सोही अवसरमा बोल्दै क्षेत्र नं १, प्रदेशसभाका वामपन्थीको साझा उम्मेदवार डा. कृष्णप्रसाद न्यौपानेले वामपन्थीको सरकारले सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्याउने दावी गर्नु भयो । नेकपा एमालेका प्रदेश सदस्य समेत रहनु भएका न्यौपानेले वामगठवन्धनको सरकारले मात्र युवाहरुलाई स्वदेश मै रोजगारीको ग्यारेन्टी गर्ने बताउदै त्यसको लागि युवा लक्षित कार्यक्रम ल्याउने बताउनु भयो । उहाले नेपाली काग्रेसले निर्वाचनमा हार्ने डरले वामगठवन्धनको सरकार आए आफनो सम्पत्ति भन्न नपाउने, एकदलिय शासन सत्ता लाड्ने जस्ता गलत भ्रम सृजना गरीरहेको बताउनु भयो । उहाले देशको समृद्धि र प्रगतिको लागि एमाले र माओवादी केन्द्र वीच वामगठवन्धन गरेको बताउनु भयो । घरदैलो कार्यक्रममा एमाले र माओवादी केन्द्रका नेता, कार्यकर्ता एवं शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।

सोही कार्यक्रममा टेकबहादुर रानाले नेपाली काग्रेसले देशलाई समृद्ध राष्ट्र निर्माण गर्न नसक्ने र वामगठवन्धले मात्र देशको निकास दिन सक्ने भएकोले आफु वामगठवन्धनमा लागेको बताउनु भयो । उहाले आफुले विगतका दिनहरुमा गल्ति गरेपनि अवका दिनमा त्यस्तो नहुने प्रतिवद्धता व्यक्त गर्नु भयो । राना स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेसको तर्फबाट देवदह–५, का वडा अध्यक्षका उम्मेदवार समेत हुन ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी