A+ A A-

जनमुक्ति पार्टीलाई जिताए देशको समूल विकास र भ्रष्टाचार मुक्त नेपाल बन्छ : झम ब. गुरुङ

सोनु थापामगर
Image may contain: 4 people, people standing, sky, outdoor and nature

बुटवल, मंसिर ८ - चुनाब नजिकिदै गर्दा राष्ट्रिय जनमुक्ति पार्टीले चुनावी प्रचार–प्रसारलाई तिब्रता दिएको छ ।

यसै क्रममा रुपन्देही क्षेत्र नं १ अन्तर्गत देवदह नगरपालिका वडा नं ६ दाउन्ने टोलमा आज शुक्रबार घरदैलो पश्चात चुनाबी सभा गरेको छ । सभामा बोल्दै क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेदवार झम बहादुर गुरुङ्गले यसपटक नयाँ अनुहारको रुपमा आफुलाई टेष्ट गर्न अनुरोध गर्दै आफ्नो पक्षमा भोट मागेका छन् । उनले बाजे, बराज्युपाला देखी एउटै पार्टी र नेतालाई पुस्तेनी शैलीमा भोट हाल्नु मुर्खता हुने भन्दै यसपटक पुस्तेनी पार्टी नहेरेर विकास र जनताको पक्षमा काम गर्ने जनमुक्ति पार्टीको घर चिन्हमा मतदान गरेर जनमुक्तिको आधुनीक शासनको प्रयोग हेर्न भनेका छन् । उनले भने –“ सात सालदेखी जनतालाई बाटो र धारा बनाउँछु भन्दै चौहत्तर सालसम्म पनि फेरी उही बाटो र धारा बनाइदिन्छु भनेर भोट माग्न आउने पुरातन, भ्रष्ट र नैतिक इमान्दारीता गुमाएका नेताहरुलाई जनताले चिन्नु पर्छ ।” “की उनैलाई जिताएर फेरी अर्को भूल गर्ने ?” मतदातालाई प्रश्न गरे । आशन्न चुनाब आम नेपालीका लागि अग्नी परीक्षा रहेको भन्दै युवा स्वरोजगार, समावेशी, शुसासन, सबल आर्थिक केन्द्र र विकास निर्माणका लागि आफ्नो उम्मेद्वारी रहेकाले जनमुक्ति पार्टीबाट आफुलाई जिताएमा मतको दुरुपयोग नहुने बताए । सोही अवसरमा बोल्दै नेताहरुले देशलाई भ्रष्टाचारले थिलो–थिलो बनाएको बताउँदै देशको समूल विकास र भ्रष्टाचार मुक्त नेपाल निर्माणका लागि जनमुक्ति पार्टी भन्दा अर्को विकल्प नरहेको औल्याउँदै जनमुक्ति पार्टीका उम्मेद्वारहरु अन्य उम्मेदुवारहरु भन्दा स्वच्छ र इमान्दार भएकाले एकपटक जिताएर हेर्न अपिल गरेका छन् । सभामा नेताहरु आशबहादुर गुरुङ्ग, लिलामाया राना, प्रेम बहादुर थापा लगायतले बोलेका थिए ।

उता राष्ट्रिय जनमुक्ति पार्टी क्षेत्र नं ३ का उम्मेद्वार सुर्यकुमार सारुले सियारी गाउँपालिकाको वडा नं १ र मायादेवी – ८ मा स्थानिय समस्याका विषयमा मतदातासंग छलफल तथा भेटघाट गरेका छन् । भेटघाटपछि आयोजित सभामा उनले अबको देशको विकल्प जनमुक्ति पार्टी मात्र रहेको बताए । दलहरु जीत्नकै लागि मात्र गठबन्धन गरेर अगाडी बढेकाले सचेत जनताहरुको रोजाइमा उनीहरु नपर्ने ठोकुवा गर्दै सो क्षेत्रको दिगो विकासका लागि जनताले मत दिएर आफुलाई विजयी गराउने दावी गरे । पार्टीले अघि सारेका ३८ बुँदे चुनावी घोषणा पत्र आफ्नो जीतपश्चात अक्षरसः पालना गर्ने प्रतिबद्धता जनाउँदै प्रतिबद्धता पुरा नगरे अदालत जान जनतालाई छुट रहेको बताए ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी