A+ A A-

राष्ट्रिय जनमुक्ति पार्टीले जनभेटघाट तथा प्रचारप्रसार अभियानलाई तिब्र पार्यो

सोनु थापामगर

Image may contain: 3 people, people standing
बुटवल, मंसिर ८ - राष्ट्रिय जनमुक्ति पार्टीले चुनाब नजिकिएसंगै जनभेटघाट तथा प्रचारप्रसार अभियानलाई रुपन्देहीमा तिब्र पारेको छ ।

आज बिहिबार क्षेत्र नं १ अन्तर्गत तिलोत्तमा नगर मंगलापुर, सेमरा, कान्छीबजार लगायतका ठाउँहरुमा जनभेटघाटसंगै स्थानिय विकास र समस्याहरुका विषयमा उम्मेद्वारहरुले मतदाताहरुसंग छलफल गरेका छन् । मतदाताहरुले राखेका जिज्ञासालाई क्षेत्र नं १ का प्रतिनिधी सभा सदस्य पद्का उम्मेद्वार झम बहादुर गुरुङ्गले प्रष्ट पार्दै आफ्नो जीतपश्चात जनताले उठाएका स्थानिय विकासका समस्याहरुलाई समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । चुनाबी प्रचार कार्यक्रम अन्तर्गत सेमरा बजारमा आयोजना गरिएको चुनावी सभामा बोल्दै उम्मेद्वार झम बहादुर गुरुङ्गले सबैखाले विभेदको विरुद्ध आफ्नो उम्मेद्वारी रहेको बताए । “नेपालमा आर्थिक विभेदले गर्दा युवाहरु विदेश पलायन हुन बाध्य रहेको र सस्तो श्रममा नेपाली युवाहरु बेचिनु पर्ने बाध्यता अहिले सम्मका भ्रष्ट नेताहरुकै उपज हो । ” उनले भने –“ नेपालको नदीनाला र युवाहरु विदेशीलाई बेच्ने नेताहरु बुटवलमा आएर खुलेआम घर घरमा भोट माग्न कुनै अधिकार छैन ।” उनले जनताले भ्रष्टहरुलाई पाखा लगाउने सहि मौका आएको बताउँदै बेरोजगारी, महंगी र अशिक्षा यिनै भ्रष्ट नेताहरुका कारण मौलाएको आरोप लगाए । धार्मिक, राजनैतिक, आर्थिक, सांस्कृतिक एवं सामाजिक विभेदका विरुद्ध आफुले उम्मेद्वारी दिएको बताउँदै घर चिन्हमा भोट दिएर जनमुक्तिलाई जिताउन आग्रह गरेका छन् ।
Image may contain: 9 people, people sitting, crowd and outdoor

आयोजीत कोण सभामा क्षेत्र नं १ प्रदेश सभा (क) का उम्मेद्वार आश बहादुर गुरुङ्ग, प्रेम बहादुर थापा, दिलमाया गुरुङ्ग लगायतले बोल्नु भएको थियो । उता क्षेत्र नं २ अन्तर्गत पार्टीले सैनामैना नगरपालिका, बर्मा डाँडा, बोलबम, पर्रोहा लगायतका ठाउँहरुमा प्रचारप्रसार तथा जनभेटघाट कार्यक्रम सम्पन्न गरेको प्रचार प्रसार संयोजक दुद्ध बहादुर गुरुङ्गले जानकारी दिनुभयो ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी