A+ A A-

राष्ट्रिय जनमुक्ति पार्टीलाई जिताएमा रुपन्देही र समग्र लुम्बिनीको विकासको मुहार फेरिने

सोनु थापामगर

बुटवल, मंसिर ६ - राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीका उम्मेद्वारहरुले घर चिन्हमा मतदान गरेर आफुहरुलाई जिताएमा रुपन्देही र समग्र लुम्बिनीको विकासको मुहार फेरिने बताएका छन् ।

प्रदेश नं ५ को राजधानी बुद्ध सर्किट भित्र पर्ने गरि बुटवललाई बनाइने आज बुधबार रुपन्देहीको छुट्टाछुट्टै स्थानमा आयोजना गरिएका चुनावी सभाहरुमा जनमुक्तिका उम्मेद्वारहरुले प्रतिबद्धता जनाएका हुन् । रुपन्देहीको देवदह, तिलोत्तमा र सियारी गाउँपालिकामा आयोजना गरिएको चुनाबी सभामा प्रतिनिधि सभा सदस्य उम्मेद्वारहरु रुपन्देही क्षेत्र नं ३ का सुर्यकुमार सारु, क्षेत्र नं १ का उम्मेद्वार झम बहादुर गुरुङ्ग, क्षेत्र नं २ का उम्मेदवार केवी पुन, क्षेत्र नं ५ का उम्मेद्वार भैरब थापा लगायतले बाल्दै रुपन्देहीलाई आर्थिक र ब्यापारिक हबको रुपमा बिस्तार गरिने, सुकुम्बासी समस्या समाधान गरिने, कृषिमा आधुनिकिकरण, युवाहरुलाई स्वरोजगार जस्ता कार्यक्रमहरुमा जोड दिइने बताए ।

पार्टीले तिलोत्तमा वडा नं ६ कुञ्जलापुर, बाह्रनम्बर, वडा नं १६ मधवलीया, अमुवा, छपिया लगायतका ठाउँहरुमा नेताहरु गीता सारु, हरिओम विक, प्रेम बहादुर थापा, छत्र दर्लामी, बीमला गुरुङ्ग र दुद्ध बहादुर गुरुङ्गको नेतृत्वमा जनभेटघाट समेत सम्पन्न गरेको छ ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी