A+ A A-

वामपन्थी सरकारले आगामी ५ बर्ष भित्र सुकुम्वासीलाई लालपुर्जा प्रदान गर्ने

गोविन्द घर्ती
Image may contain: 9 people, people standing

मंसीर १ । वामपन्थीहरुको सरकारले अव्यस्थित बसोवासीलाई व्यस्थित गरी लालपुर्जा प्रदान गर्ने नेकपा एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले बताउनु भएको छ ।

उहाले वामपन्थीहरुको बहुमत सरकारले आगामी ५ बर्ष भित्र सुकुम्वासी आयोग गठन गरी देशभित्र रहेको सुकुम्वासी समस्या समाधान गर्ने दावी गर्नु भयो । पुर्वकृषि मन्त्री समेत रहनु भएका नेता विश्वकर्माले कृषिलाई आधुनिकरण गरी आत्मनिर्भर बनाउन वामपन्थी सरकारले विशेष योजना ल्याउने बताउनु भयो । रुपन्देहीको क्षेत्र नं १, प्रतिनिधिसभामा वामगठवन्धनको तर्फबाट संयुक्त उम्मेदवार समेत रहनु भएका विश्वकर्माले स्थानीय विकास निर्माणको लागि स्थानीय तहलाई अधिकार सम्पन्न बनाईने दावी गर्नु भयो । क्षेत्र नं १, अन्र्तगत देवदहको ७ र ८ मा घरदैलो एवं देवदह–५, ६, ७ र ८ को प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै नेता विश्वकर्माले शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी वामपन्थी सरकारले मात्र गर्न सक्ने भएकोले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा वामगठवन्धनका साझा उम्मेदवारलाई बहुमतका साथ विजयी गराउन आग्रह गर्नु भयो । नेकपा एमालेको ९ महिने शासनकालमा शुरु गरेको महत्वपूर्ण कामहरु वामपन्थी सरकारले पूर्णता दिने बताउनु भयो । उहाले अहिले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता वामपन्थीहरुको बहुमतको सरकारले बढाएर ५ हजार पुर्याउने प्रतिवद्धता व्यक्त गर्नु भयो । रुपन्देहीको क्षेत्र नं १ लाई समग्र विकासको लागि योजनागत रुपमा अगाडि बढाईने नेता विश्वकर्माले बताउनु भयो ।

सोही अवसरमा बोल्दै क्षेत्र नं १, प्रदेश सभा १ का वामगठवन्धनका साझा उम्मेदवार डा. कृष्ण न्यौपानेले यस क्षेत्र १ लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी अन्र्तराष्ट्रिय स्तरमा पहिचान गराउन आफु लागिपर्ने बताउनु भयो । उहाले युवाहरुलाई बैदेशिक रोजगारीमा जानु नपर्ने गरी रोजगारीको सृजना गर्ने दावी गर्नु भयो । घरदैलो कार्यक्रममा नेकपा एमाले र माओवादी केन्द्रका नेता, कार्यकर्ता एवं शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी