A+ A A-

दुई वामपन्थी दलनिकट आदिवासी जनजाति एक हुँदै

रुद्र श्रीसमगर

पोखरा, कात्तिक ३० - केन्द्रमा दुई ठूला वामपन्थी दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले चुनावी गठबन्धनसँगै पार्टी एकता गर्ने सहमति गरेपछि दुई पार्टीनिकट विभिन्न जनवर्गीय संगठन र भ्रातृसंगठनहरु समेत संयुक्त कार्यक्रम गर्न थालेका छन् ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनलाई जिताउन सक्रियता समेत बढाएका उनीहरुले एकता संयोजन समिति समेत निर्माण गरिरहेका छन् । यही शिलशिलामा दुई वामपन्थी दलनिकट आदिवासी जनजातिहरुले स्याङ्जा र लमजुङमा एकता संयोजन समिति निर्माण गरेका छन् ।

लमजुङको बेंशीसहरमा सम्पन्न दुई पार्टीनिकट आदिवासी जनजातिहरुको संयुक्त भेलाले ३५१ सदस्यीय भेला आयोजक समिति गठन गरेको छ । एमालेनिकट नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र माओवादी केन्द्रनिकट आदिवासी जनजाति राष्ट्रिय महासंघका केन्द्रीय नेताहरुको उपस्थितिमा भएको भेलाले २७ सदस्यीय जिल्ला सचिवालय समेत चयन गरेको छ ।

सो भेलाले अध्यक्षमा भीम गुरुङ, उपाध्यक्षमा निराजन कुमाल, सचिवमा धर्मराज श्रेष्ठ, सहसचिवमा तिलक लामा र कोषाध्यक्षमा आशा तामाङलाई चयन गरेको छ । कार्यक्रममा नेकपा (एमाले)का सचिव एवं संगठन विभाग प्रमुख तथा लमजुङका प्रदेशसभा उम्मेदवार पृथ्वीसुब्बा गुरुङ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष झकबहादुर थापामगर, आदिवासी जनजाति राष्ट्रिय महासंघका नेता लोकबहादुर थापामगर, समानुपातिक उम्मेदवार मीनाकुमारी गुरुङलगायतले बोल्नुभएको थियो ।

सो अवसरमा वाम गठबन्धन आदिवासी जनजाति संयुक्त निर्वाचन परिचालन समिति प्रदेश नम्बर चारका सहसंयोजक राजन कुमाल, सचिव चेतबहादुर गुरुङले पनि बोल्नुभएको थियो ।

यसैबीच, स्याङ्जामा बिहीबार भएको भेलाले दानबहादुर गुरुङको अध्यक्षतामा २५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । जसको उपाध्यक्षमा लोकेन्द्र थापामगर, सचिवमा गिरमान गुरुङ, सहसचिवमा अर्जुन श्रेष्ठ र कोषाध्यक्षमा रेमीमाया गुरुङ रहनुभएको छ । त्यसैगरी, सदस्यहरुमा टेकबहादुर दर्लामीमगर, रिना रानामगर, दलबहादुर सारुमगर, लोकेन्द्र आलेमगर, पूर्णबहादुर गुरुङ, यमबहादुर गुरुङ, बमान गुरुङ, हुमबहादुर गुरुङ, चित्रा रानामगर, कल्पना थापामगर, मञ्जु थापामगर, सुनिता सिंजालीमगर, लक्ष्मी रानामगर, खेमबहादुर रानामगर, कुमार रानामगर, नम्रता थापामगर, गौमती गुरुङ, देउकुमारी गुरुङ, सागर चर्तीमगर, बालकुमार थापामगर, दिलकुमारी भुजेल र सुरेन्द्र गुरुङ गरी २८ सदस्यीय सचिवालय चयन भएको छ ।

सो भेलामा आदिवासी जनजाति नेताहरु झकबहादुर थापामगर, लोकबहादुर थापामगर, चेतबहादुर गुरुङलगायतले बोल्नुभएको थियो ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी